९ पुस २०८१, मंगलबार | December 24, 2024

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० : अपराजित रहँदै नेपाल फाइनलमा, उपाधिका लागि पिएनजीसँग खेल्ने



काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट श्रृंखलामा नेपाल सतप्रतिशत जितसहित फाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा मलेसियालाई ८५ रनले पराजित गरेसँगै नेपाल फाइनलमा पुगेको हो ।

नेपालको जितसँगै पपुवा न्यु गिनी (पिएनजी) पनि नेट रनरेटको आधारमा फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि सोमबार नेपाल र पिएनजीबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको दुई सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले १९।५ ओभरमा सबै विकेट गुमाएर एक सय ३८ रनमात्रै बनाउन सक्यो । हारसँगै मलेसियाको फाइनल पुग्ने सम्भावना सकिएको हो । आजको खेल जितेको खण्डमा मलेसिया फाइनल पुग्ने समिकरण थियो ।

मलेसियाको ब्याटिङमा ओपनर विरन्दीप सिंहले सर्वाधिक ४७ रन बनाए । यसबाहेक, कप्तान अहमद फैजले ३३, अ‍ैनोल हाफिज र सेद अजिजले समान १७ रन जोडे ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछाने सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १९ रन खर्चिए ।

यस्तै, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेल र रोहितकुमार पौडेलले एक एक विकेट लिए । यसअघि मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले मलेसियासामु दुई सय २४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

टस हारेर ब्याटिङमा आएको नेपालबाट निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय २३ रनको योगफल तयार गरेको थियो । नेपालको ब्याटिङमा दीपेन्द्रले सर्वाधिक एक सय १० रनको अविजित इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । उनले ५५ बलमा शतक पूरा गरेका थिए ।

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पहिलो तथा नेपालको चौथो शतक हो । यस्तै, रोहितकुमार पौडेलले अर्धशतक बनाएका थिए । उनी ३४ बलमा ५१ रन बनाएर आउट भए । रोहित र दीपेन्द्रले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेको थिए ।

यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र १८ रन बनाएकार आउट भएका थिए । यसबाहेक, आरिफ शेख दुई रनमा आउट हुँदा आदिल अन्सारीले १४ रन बनाए ।

मलेसियाका मुहम्मद वफिक, पवनदीप सिंह, स्यार्जुल इद्रुस र मुहम्मद अमिरले समान एक विकेट लिए । नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रनले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा पिएनजीलाई ३७ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : २९ बजे

वायुसेवा निगमको आन्तरिक उडान ठप्प

काठमाडौं । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको

पत्रकार महासंघ बाँकेले भन्यो : अनिवार्य मिडिया आवद्धता कायम गरी सञ्चार कर्म गर

नेपालगन्ज । नेपाल पत्रकार महासँघ बाँकेले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति

अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै

बुटवल । सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) भएका बालबालिकाका लागि सञ्चालित यहाँस्थित

प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न

रसुवागढी नाका हुँदै चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर