८ पुस २०८१, सोमबार | December 23, 2024

स्विट फिक्सकी संस्थापक कृतिका लम्सालले जितिन् ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड



काठमाडौं । यस वर्षको ‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कारबाट स्विट फिक्सकी संस्थापक कृतिका लम्साल सम्मानित भएकी छन् ।

ओपन स्पेस नेटवर्क (ओएसएन)को आयोजना र आइएनजी ग्रुपको प्रस्तुतीमा बिहीबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी लम्साललाई ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड प्रदान गरिएको थियो ।

३० वर्षभन्दा मुनिका युवा महिला उद्यमीलाई पुरस्कृत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । कानूनको पालना गर्दै दिगो योजना कार्यान्वयन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल एक जना महिला उद्यमीलाई यसरी नै प्रत्येक वर्ष सम्मान गर्दै आइएको छ ।

लम्सालले प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएकी थिइन् । उनलाई आज शालिमार ज्वेलर्सबाट एक लाख रुपैयाँ नगद र हिराको लकेट प्रदान गरी सम्मान गरिएको हो ।

‘ओएसएनले सधैं व्यवसायिक अवसरहरू मार्फत महिलाहरूले पाउने वित्तीय स्वतन्त्रतामा विश्वास गर्छ र यस कार्यक्रमले धेरै युवा महिलाहरूलाई व्यवसायिक संसारमा नेतृत्व लिन प्रेरित गर्नेछ,’ पुरस्कार प्रदान गरेपछि ओपन स्पेस नेटवर्ककी संस्थापक फैजा परवीनले भनिन् ।

यस्ता युवा महिला उद्यमीहरूलाई पुरस्कृत गर्नुको उद्देश्य नेपालको पितृसत्तात्मक समाजमा विद्यमान सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै युवा पुस्तालाई सृजनात्मक विचारका साथ व्यवसायीक नेतृत्व गर्न प्रेरित गर्नु रहेको आयोजकले बताएका छन् ।

पुरस्कारको लागि सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाको आवेदन परेको थियो । आवेदन दिनेमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो । तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए । उत्कृष्ट सात जनामध्येबाट पनि लम्साललाई सर्वोत्कृष्ट ठहर गरिएको हो ।

पुरस्कारको लागि अन्तिम सातमा लुक्ला आउटडोरकी आङछेची शेर्पा, खानपिनकी सह-संस्थापक/प्रबन्ध निर्देशक ईशा बल्ला, ग्लोकल एकेडेमी अफ स्किल्स प्रा.लि.की सह-संस्थापक र प्रबन्ध निर्देशक काजोल झा ठाकुर, स्वटी पिक्सकी संस्थापक कृतिका लम्साल, द मल्ल इन्ककी सजल मल्ल, ह्याप्पीमाइन्ड्सकी संस्थापक/प्रबन्ध निर्देशक श्रेया गिरी र बिहेनेपालकी सह-संस्थापक श्रेया कटुवाल छनोट भएका थिए ।

उत्कृष्ट सातमध्ये एक जना विजयीको नाम चार निर्णायकले छनोट गरेका हुन् । चार जना निर्णायकमा आईएनजी ग्रुपका संस्थापक÷अध्यक्ष सुलभ बुढाथोकी, आइडीइका नेपाल कन्ट्री डाइरेक्टर कोरी ओ’हारा, एब्सोल्युट एस्थेटिक क्लिनिकका मालिक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजमका संस्थापक छाया शर्मा रहेका थिए ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : १३ बजे

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र

एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र

इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु

रामपुर । इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा

पण्डितपुरमा भेटियो बुद्धकालीन संरचना

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरमा उत्खननका क्रममा प्राचीन

कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?

काठमाडौं । “नछुने भई भनेर अलग्गै ढोका एक छेउमा पाँच