२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सरकारको निर्णय घरधनीले टेरेनन्, प्रदेश राजधानीको शहरमा घरबेटीका कारण एक महिला पुगिन सडकमा



रुपन्देही । लकडाउनको नकारात्मक असर कसैलाई परेको छ भने त्यो वर्ग हो विपन्न वर्ग । मुलुकमा लकडाउन लम्बिदै जांदा त्यसको प्रत्यक्ष असर विपन्न वर्गमा पर्न थालेको छ । त्यसमा पनि आफ्नो घर नभएर कोठा भाडा लिनेएर बस्नेहरु यतिबेला घरबेटीको अमानवीय ब्यवहारको शिकार भै रहेका छन् ।

लकडाउनको कारण काम नपाउँने समस्या एकातिर छंदैछ अर्कोतिर घरभाडा नतिरकै निहुमा घरबेटीहरुले घर खालि गराउंदा उनीहरु बास बिहिन हुनु परेको छ । सरकारले लकडाउनको अवधिमा कसैलाई पनि अमानवीय ब्यवहार गर्न नपाउने, घरभाडा लिन नपाउने जस्ता घोषणा गरेपनि सरकारको घोषणा कार्यान्वयन हुन सकेको छैन ।

गौतम बुद्धको प्रवेशद्वारको रुपमा रहेको रुपन्देहीको भैरहवामा एउटा यस्तै अमानवीय घटना सार्वजानिक भएको छ । जेठ १ गतेदेखी एक महिला भैरहवाको मुल बाटोमै बास बनाउँदा पनि न त संघिय सरकार न प्रदेश सरकार न त स्थानीय सरकारको ध्यान जान सकेको छ ।

घरभाडा दिन नसकेको र घरसाहुको अत्याचार सह्न नसकी माइतीको शरणमा आएकी चेलीको बास अहिले भैरहवाको नारायण पथको सडक पेटी बनेको छ । सडकमै पकाउने, खाने र सुत्ने गरेकी उनलाई अहिलेसम्म कसैले सम्बोधन गरेको छैन ।

मायादेवी गाउँपालिका वडा नम्बर ८ मतकोलवामा घर भाडामा बस्ने उन्नती खाती अहिले घरबार विहीन छिन् । भाडामा बस्ने घरमा यातना दिएकोले उनले त्यहाँ छोडेर भैरहवाको नारायण पथमा रहेको आफ्नै माइतीको शरणमा आएकी थिइन । माइतमा रहेका कोठा सबै सरसफाई गरेर उनि आफ्नो समान लिन गइन । उताबाट सामानसहित आउँदा सफा गरेको माइती घरको कोठामा पनि ताला लागेको पाएपछि उनि त्यही सडकमै बास बसेकी छिन ।

बास बसेको पनि आज चार दिन भएको छ । सामान राख्ने ठाँउ नभएपछि उनले आफुसित भएको डबल बेड र पंखा नगरपालिकामा काम गर्ने कसैलाई दिईन । आफु भने लोबेड र केही बिछ्यौना लिएर पेटीमा रात बिताउने गरेको उनले बताइन । यसअघि काठ्माडौंमा बसेर काम गरिरहेको उन्नती माघमा भैरहवा आएकी थिइन । लकडाउनपछि फेरी पनि काठमाडौं नै फर्किने योजनामा रहेकी उनले लकडाउनसम्म मात्र बास बस्न खोजेकी छिन ।

अहिले मानिस हिड्ने फुटपाथमा उनको लोबेड रहेको छ । पानीले भिज्ने डरले फ्रिज र दराज सडक किनारमै अलि ओत लगाएर राखेकी छिन् । बाटोमै चिया पकाउदै गरेकी उन्नतीले घरसाहुले मात्रै नभई अहिले आफ्नै माइतीले नहेरेको गुनासो गरिन । “आफ्नैले त हेरेनन् प्रशासन र पुलिसलाई किन दोष दिउ” उनले भनिन “कम्तिमा यहाँ कसैले टर्चर त दिदैन ।” अहिले उनी फुटपाथमै खुशी भएको बताउँछिन ।

आफ्नो बारेमा थप बताउन नचाहने उन्नती अहिले एक्लै बस्दा उनलाई बिभिन्न जोखिमहरु रहेका छन् । राती लामखुट्टे र कोरोनाको त्रास उस्तै छ, जिउज्यान जोगाउन पनि उनलाई धौ धौ परेको छ ।

रुपन्देहीमा अहिले बिभिन्न अधिकारवादी संघ संगठनहरु रहेपनि यी एकल महिलाको उद्दारको लागी अहिलेसम्म कसैले पहल गरेका छ्र्रैनन् । गौतम बुद्धको नगर भैरहवामा अहिले उनको माइती पक्षको मात्र हैन समग्र भैरहवाको नै मानवता हराएको जस्तो देखिएको छ ।

राज्यले नियम बनाउने र घोषणा गरिदिने तर त्यसको व्यबहारीक कार्यान्वयन भए नभएको अनुगमन नगरिदिंदा उन्नती जस्ता धेरैले यस्तै अवस्था भोग्नुपर्ने अवस्था देखिएको छ । लकडाउनभरी त काम नपाएकै कारण चुपलागेका घरधनीहरु लकडाउन खुले लगत्तै भाडा माग्न थाल्नेछन् । महिनौ बेरोजगार भाडावालहरुले घाडा दिन नसक्दा उन्नती जस्तै घरबाट निस्कनुपर्ने अवस्था आउने सम्भावना प्रवल बनेको छ । के स्थानीय सरकारहरु भाडावालहरुको पिडामा सहकार्य गर्न तयार छन् ।?

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  १ : ४६ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई