८ पुस २०८१, सोमबार | December 23, 2024

एकल महिलालाई शसक्तिकरणमा जोड



बुटवल । समाजमा पछि पारिएका एकल महिलालाई नेतृत्वमा ल्याउनसकेमात्र उनिहरुको हकअधिकार सुनिश्चित हुने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।

कुर्भेको आर्थिक सहयोग तथा मानव अधिकारको लागि महिला, एकल महिला समूह रुपन्देहीको आयोजनामा बुधबार बुटवलमा भएको नेपालमा सामाजिक सद्भावका लागि नागरिकहरुको सहभागिता विषयक कार्यक्रममा सहभागीहरुले एकल महिलाप्रति समाजमा रहेका नकारात्मक दृष्टिकोणलाई चिर्न सामाजिक, आर्थिक रुपमा सबल बनाउनुपर्ने सुझाव दिएका हुन ।

कार्यक्रमको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गर्दै महिलाहरुलाई आर्थिक, राजनितिक, सामाजिक रुपमा सबल बनाउने कार्यक्रमहरु गर्न प्रदेश सरकार तयार रहेको बताईन । पुरुषप्रधान समाजमा एकल महिलाहरुप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउन सके त्यसबाट नया पुस्तामा सकारात्मक सन्देश जाने उनकोे तर्कछ । मानव अधिकारको लागि महिला, एकल महिला समूह रुपन्देहीका अध्यक्ष राधिका श्रेष्ठले १९ वडामा शाखा गठन गरेर शसक्तिकरणका कार्यक्रम अघि बढाएको बताईन । बुटवल उपमहानगरपालिकामा एकल महिलाको पहिलो अक्षयकोष खडा गर्न सफल भएको उनले बताईन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा सदस्य तथा न्यायिक समिति सदस्य शिव बहादुर अधिकारीले पार्टी राजनितिभन्दा माथि उठेर समुदायमा जनप्रतिनिधिहरुको योगदान गर्नुपर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोगका दिपक ठाकुरले ब्यक्तिगत, सामाजिक परिवर्तन नभई सद्भावना सम्भव नहुने भन्दै यसमा जोड दिनुपर्ने सुझाव दिए । सबै खाले हिसाको मुल जड आर्थिक हुने भन्दै एकल महिलाहरुलाई आर्थिक पहुचमा पुग्ने गरि कार्यक्रम चलाउनुपर्ने उनले बताए । सम्बादबाट नै समस्या समाधानमा जोड दिनुपर्ने भन्दै सबै पक्षहरुको बिचमा सहकार्यमा रहेर काम गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा डब्लुएचआरका कार्यकारी निर्देशक सुमिरा श्रेष्ठले सामाजिक रुपान्तरण गर्ने अभियानलाई जोड दिएर समुदायस्तरमा कार्यक्रम ल्याईएको बताईन । कुनै समय एकल महिलाहरुलाई रातो पहरिन लगाउन बन्देज लगाउने समाजमा पछिल्लोसमय धेरै परिवर्तन आईसकेको स्मरण गर्दै सामाजिक, आर्थिक ससक्तिकरणको महत्व बारे प्रकाश पारिन । दक्षिण एशियामा नै नेपालबाट एकल महिलाहरुको क्षेत्रमा नमुना कामहरु गरेको भन्दै आफ्नो प्रतिवेदन दिने तथा सल्लाहसुझाव लिने काम भैरहेको उनले बताईन । बुटवल उपमहानगरपालिकाले कार्यविधि बनाउने काम सम्पन्न गरेको भन्दै यसलाई कायान्वर्यनमा अघि बढ्न सुझाव दिईन ।

वडा नं ४ का वडा सदस्य सुरेन्द्र श्रेष्ठले मानव अधिकार, महिला बेचविखन लगायतको विषयलाई प्राथमिकता दिएर सचेतना जगाउने गरि टोलटोलमा निरन्तर कार्यक्रम चलाउनुपर्ने सुझाव दिए । यसमा सहकार्यका लागि सधै तयार रहेको प्रतिवद्घता जनाए ।

वडा नं १ का वडा सदस्य ज्ञानु लिगलले एकल महिलाहरुको पक्षमा काम गर्ने गरि संगठन स्थापना भएपनि त्यसलाई अगाडि बढाउनुपर्ने बताए । एकल महिलामात्र नभई अपाङता महिलाहरुको क्षेत्रमा समेत वडास्तरमा धेरै कार्यहरु अघि बढाएको उनले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रनि बाबुराम बस्नेतले कार्यान्वयनमा जान नसकेको अवस्था देखिएको भन्दै यसमा वडास्तरमा प्रहरीलाई जोड्नुपर्ने सुझाव दिए । महिलाहरु हिसामा परेका घटनाहरु बाहिर ल्याउने गरि सहकार्यमा प्रहरी तयार रहेको उनले प्रतिवद्घता जनाए ।

कार्यक्रममा प्रदेश अध्यक्ष जानकी अर्याल घिमिरेले पाच प्रकारका एकल महिलाहरुलाई वर्गीकरण गरेर संगठित गर्ने काम गरेको बताईन । कार्यक्रममा वडा नं ११ का वडा सदस्य माया दर्नालले आफ्नो वडामा एकल महिलाको विषयमा काम गर्ने संस्था क्रियाशिल रहेको भन्दै यसका साथै आर्थिक सबल बनाउने गरि स्वरोजगारमुलक कार्यक्रमका साथै मनोचिकित्सकिय सेवालाई समेत अघि बढाएको उनले बताए ।

कार्यक्रममा संस्थाकी जिल्ला सचिव रिता सेनले लुम्बिनी प्रदेशमा ७३ हजार र रुपन्देही जिल्लामा १७ हजार एकल महिलाहरु रहेको दाबी गरिन । नेपालमा ५ लाख एकल महिलाहरु रहेको भन्दै अब आउने निर्वाचनमा आफुहरु निर्णायक मत भएको समेत बताईन ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ५१ बजे

रवि लामिछानेको सांसद पद निलम्बन, हिरासत भित्रको फोटो सार्वजनिक गर्ने निकोलस रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सहकारी ठगी प्रकरणमा चन्द्रागिरीका वडा अध्यक्ष पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा एक वडा अध्यक्ष पक्राउ परेका

परराष्ट्र मन्त्रालयबाट थाइल्याण्ड र म्यानमार यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौँ । नेपाल सरकारले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायतका मुलुकमा जान

जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि चारदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन

डीपी अर्याल बने रास्वपाको कार्यवाहक सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डोलप्रसाद अर्याल (डीपी अर्याल))लाई