३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आइपिएल : राजस्थानले हैदरावादलाई हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ।

पुनेमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन बनाउन सक्यो ।

हैदरावादका लागि एडिन माक्रमले सर्वाधिक ५७ रन बनाए । वासिङटन सुन्दरले ४० तथा रोमारियो शेफर्टले २४ रनको योगदान गरे ।

राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २-२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० को विशाल योगफल तयार पारेकाे थियाे ।

राजस्थानका कप्तान सन्जु सामसनले सर्वाधिक ५५ रन बनाए । यस्तै देबदुत पडिकलले ४१ रन जोड्दा जोश बट्लरले ३५ रन बनाए ।

आक्रमक ब्याटिङ गरेका सिम्रन हिटमयेरले ३२ तथा यासभी जैशवालले २० रनको योगदान गरे ।

हैदरावादका टी नटराजन र उम्रान मलिकले २-२ विकेट लिए । जितसँगै राजस्थानले १ खेलबाट २ अंक जोडेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ५३ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको