२५ चैत्र २०८१, सोमबार | April 7, 2025

परिवार नियोजनको किटमा रबरको लिंग राखिएपछि हंगामा



नयाँ दिल्ली । स्थानीय स्वास्थ्यकर्मीले जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्ने परिवार नियोजनको किटमा रबरको लिंग राखिएको विषयलाई लिएर भारतको पश्चिमी राज्य महाराष्ट्रमा विवाद चर्किएको छ ।

रबर मोडलका कारण किट बोक्ने महिला स्वास्थ्य कार्यकर्ता अफ्ठ्यारोमा परेको विपक्षी सांसदहरुले तर्क गरेका छन् । तर, सोही मोडल यसअघि पनि झन्झटबिना नै प्रयोग गरेको केही कार्यकर्ताहरुले बताएका छन् ।

किटमा रबरको पाठेघर पनि समावेश छ । तर, यसलाई लिएर कुनै विवाद गरेको देखिदैन् । भारतको प्राथमिक र सामुदायिक स्वास्थ्य कार्यक्रममका महत्वपूर्ण हिस्सेदार ठहरिएका मान्यताप्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ता ९आशा० लाई किट प्रदान गरिएको थियो ।

उनीहरुले प्रजनन स्वास्थ्यबारे घर घरमा मानिसहरुलाई शिक्षित गर्नेदेखि परिवार नियोजनका साधनहरुको प्रयोगबारे चेतना फैलाउनेलगायतका काम गर्छन् । यसका लागि सामान्यतया संवेदनशीलता चाहिन्छ, किनकी अझै पनि भारतका धेरै भागहरूमा सेक्सलाई एउटा सामाजिक कलंंकको रुपमा हेर्ने गरिन्छ ।

महाराष्ट्रमा लिंग मोडलका परिवार नियोजनका करीब २५ हजार किट स्वास्थ्यकर्मी र ग्रामिण स्वास्थ्य केन्द्रमा वितरण गरिएको सो राज्यको स्वास्थ्य विभागकी डा। अर्चना पटिलले जानाकारी दिइन् ।

एउटा जिल्ला बुल्दानबाट नकरात्मक प्रतिकृया आएको उनले बताइन् । प्रजनन स्वास्थ्यबारे बोल्न अन्कनाउने मानिसहरुकका अगाडि पेनिस र गर्भासयको मोडल बोक्नु लाजमर्दो भएको केही कार्यकर्ताले बताएका छन् । तर, त्यो आफ्नो रोजगारीको अंश भएको उनीहरु बताउँछन् ।

अवधारणाहरू व्याख्या गर्न आफूहरुलाई खासै समस्या नभएको बताउँछन् । तर, उनीहरुमध्ये कोहीले पनि आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् । सो मोडल प्रयोग गर्न कसैलाई पनि बाध्य नपारिएको डा। पटिल बताउँछिन् ।

‘ स्वास्थ्यकर्मीहरूलाई यी मुद्दाहरूको बारेमा खुलेर बोल्न अप्ठ्यारो लाग्छ भने कसरी काम हुन्छरु’ उनले भने ।
तर, भारतको सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० मा आबद्ध सांसदहरुले भने त्यसको विरोध गरेका छन् । सो राज्यमा भने भाजपा प्रतिपक्षमा छ ।

बुल्दानबाट प्रतिनिधित्व गर्ने भाजपा सांसद आकाश फुन्दकरले ती किट फिर्ता लिएर स्वास्थ्यकर्मीसँग माफी माग्नुपर्ने माग गरेका छन् ।

राज्यका भाजपा पार्टी उपाध्यक्ष चित्रा वागले सरकारले ‘यौन भोग’ प्रबद्र्धन गरेको आरोप लगाए । तर, महाराष्ट्र सरकारको गठबन्धनमध्येको एक शिव सेना पार्टीका सांसदहरुले भने टिप्पणी गरिसकेका छैनन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १ : ३३ बजे

तिलोत्तमाको गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा रोकको घोषणा घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ