२८ मंसिर २०८२, आइतबार | December 14, 2025

दाङका संक्रमितलाई वेलझुण्डी पु-याइयो



दाङ । दाङमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई तुलसीपुर उपमहानगरपालिका, बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पुर्याइएको छ ।

गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर दुईको उपचार भइरहेको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिनुभयो ।

कपिलवस्तु, कृष्णनगरका छुट्टाछुटै क्वारेन्टाइनबाट ल्याइएका उनीहरुलाई गढवा गाउँपालिकाले गत बुधबार एम्बुलेन्स पठाएर जनता मावि गढवाको क्वारेन्टाइनमा लगेर राखेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो । गढवा–४का ३६ वर्षीय भारतको गोरखपुर र वडा नं ५ का २३ वर्षीय मुम्बईबाट आएका थिए । दुवै मजदूरी गर्न भारत गएका थिए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु काठमाडौँमा पुष्टि भएका तुलसीपुर–७ का ३४ वर्षीय स्वास्थ्यकर्मीको भने काठमाडौँमा नै उपचार भइरहेको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ११ : ३३ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%