२८ मंसिर २०८२, आइतबार | December 14, 2025

लकडाउनका बीच पनि विकासमा कस्सिएको खजुरा



नेपालगन्ज । मुलुक झण्डै दुई महिनादेखि पुरै बन्दाबन्दी अर्थात् लकडाउनमा छ । बाँकेको नेपालगन्जमा कोरोना भाइरसको संक्रमण पुष्टि भएदेखि छिमेकी खजुरा गाउँपालिका पुरै नाका सिल जस्तै कडाई गरेर आफुलाई सुरक्षित पार्न उद्यत छ । त्यसका लागि खजुरा प्रवेशका चारै वटा नाकामा अस्थायी प्रहरी पोष्ट बनाइएका छन्, भने निरन्तर गस्ती र पेटेलिंगलाई तिब्र पारिएको छ ।

यसबीच दैनिक नेपालगन्जको टोली खजुरा पुग्दा कतिपय ठाउँमा सडक विस्तार र स्तरोन्नतीका लागि काम भइरहेको देखियो । प्रविधिको प्रयोग र सामाजिक दुरीलाई ख्याल राखेर काम भइरहेको छ, खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले भने, कोरोना कहरका कारण भइरहेको लकडाउनले विकास निर्माणलाई पारेको प्रभाव कम भन्दा कम होस् भन्नेमा हामी प्रयासरत छौं । तर, विकास निर्माणका लागि आवश्यक सामाग्री अभाव ठुलो चुनौती बनिरहेको छ, कक्षपतिले दैनिक नेपालगन्जसँग भने ।

खजुरा गाउँपालिकाका योजना अधिकृत दिल बहादुर पौडेलका अनुसार, २७ धुरीमा पूर्वाधार विकास कार्यालयबाट काम भैरहेको छ । ५ करोडको बजेटमा धनौलीदेखि २७ धुरी हुँदै परसपुर, गौघाटसम्म जोड्ने सडकलाई माटो हालेर स्तरोन्नती गर्ने काम भइरहेको छ । पालिकाका अनुसार, कुल ५ किलोमिटर जतिको यो सडक खजुराको परम्परागत प्रयोगको भएकाले स्तरोन्नतीपछि कालोपत्रे गरिनेछ ।

योजना अधिकृत पौडेलका अनुसार, खजुराका धेरै ठाउँमा विकास निर्माणका काम भैरहेको छ । वडा नं. ८ मा, वडा नं. ७ को गोदहनादेखि सोनबर्षा जाने बाटो माटो पटान, रजनहावामा, उढरापुरमा भैरहेको छ । अर्को प्रतिक्षालयदेखि उढरापुर मंगलपुर जाने बाटोको काम पनि केही दिनमा सुरु हुँदैछ, सूचना अधिकारी समेत रहेका योजना अधिकृत पौडेलले दैनिक नेपालगन्जसँग भने, समदगापुरदेखि गुलरिया, नेपालगन्ज सडकको पनि काम हुँदैछ । कुल ५ किलोमिटर बाटो छ । एउटा ५ करोड र अर्को ३ करोडको बाटो बन्दैछ ।

खजुराका सबैजसो वडाहरु पनि विकास निर्माणलाई सकेसम्म लक्षित निष्कर्षमा पुर्याउन तल्लीन रहेको गाउँपालिका प्रमुख कक्षपतिको भनाइ छ । निर्माण सामाग्रीको समस्या मात्र हल गर्न सके बाँकी व्यवस्थापन गरिसकिएको छ, कक्षपतिले भने ।

खजुरा १ का वडाध्यक्ष सुमन मल्लले लकडाउनका बेला पनि ५० लाखबढीको सडकको काम सकिएको बताए । हामीले यसबीच दुई वटा विकास निर्माणका काम गरेका छौं, वडाध्यक्ष मल्लले दैनिक नेपालगन्जसँग भने, बेलाडाँडा भन्ने ठाउँमा ५० लाख बराबरको ग्राभेलको काम गरेका छौं । सामुदायिक उपभोक्ता समितिमार्फत गरिएको उक्त काम सकिइसकेको जानकारी दिंदै मल्लले साविक वडा नं. २ मा पनि विकासको काम लगभग सकिएको बताए ।

मेरो वडामा शतप्रतिशत बजेट कार्यान्वयनमा आएको छ, वडाध्यक्ष मल्ल भन्छन्, मेरो वडाको ७० लाखको बजेट हो । गाउँपालिकाले थप केही रकम पिचको लागि दिएको छ । त्यो पनि २५ प्रतिशत मात्रै काम बाँकी रहेको छ । लकडाउनका कारण विकास निर्माण र योजना कार्यान्वयनमा प्रभाव पर्न नदिन आवश्यक व्यवस्था मिलाइएको वडाध्यक्ष मल्लको दावी छ ।

खजुराको वडा नम्बर २ ले पनि विकास निर्माणलाई अगाडी बढाइरहेको जनाएको छ । वडाध्यक्ष देवीलाल खनालले विकास निर्माणका काम टेण्डर प्रक्रियामा गैसकेकोलाई जिल्ला प्रशासन, पालिकाबाट पास लिएर ठेकेदार कम्पनीलाई सामाजिक दुरी कायम गरेर काम गर्ने व्यवस्था मिलाइएको बताए । केही मोटामोटी काम पनि शुरु हुँदैछ, वडाध्यक्ष खनालले दैनिक नेपालगन्जसँग भने, नयाँ टेण्डर प्रक्रिया भने ठप्पै भएका छन् ।

वडाध्यक्ष खनालका अनुसार, वडा नं. २ को कुल बजेट भनेको ७० लाख रुपैयाँ हो । ३० लाख पछि बाटोका लागि थप आएको थियो । यसरी १ करोडको हाराहारीमा रहेको वडाको बजेट असार मसान्तसम्म खर्च गरि सकिने लक्ष राखिएको जानकारी दिंदै वडाध्यक्ष खनालले भने, विकासका बजेट पनि खर्च गर्छौ, त्यसका लागि योजना प्रभावित नहुने गरी काम गरेका छौं ।

वडा नम्बर ३ का वडाध्यक्ष कान्तुराम गौतम पनि वडाको बजेटलाई सार्थक निष्कर्षमा पुरा गर्न आफ्ना प्रयास जारी रहेको बताउँछन् । ७५ लाख रुपिया बजेट प्रष्टसँग यो यो कामका लागि भनेर किटान छ । विकास बजेटलाई यताउती चलाउन नसकिने खालको व्यवस्था छ, वडाध्यक्ष गौतमले दैनिक नेपालगन्जसम्ग भने, सकेसम्म योजना अनुसारनै खर्च गरिरहेका छौं । लकडाउनबीच पनि भित्रभित्र सामाजिक दुरी कायम गरेर थोरै काम गरिरहेको जानकारी दिंदै वडाध्यक्ष गौतम भन्छन्, बजेट मोटामोटी हाम्रो वडाको वजेट सिद्धिन्छ जस्तो छ ।

खजुरा गाउँपालिका वडा नम्बर ४ ले पनि कोरोनाका कारण झण्डै दुई महिनादेखिको लकडाउनमा पनि विकास निर्माणलाई निरन्तरता दिइएको जनाएको छ । तमाम प्रतिकुलताबीच पनि काम भइरहेको वडाध्यक्ष तिलकबीर सुनारले जानकारी दिए ।

कोरोना भाइरस भन्ने महामारीको बाबजुद पनि बिकास निर्माणका कार्य पनि अति आवश्यक छ, वडाध्यक्ष सुनारले दैनिक नेपालगन्जसँग भने, पुर्वाधार बिकास तर्फको तीन करोड बराबर खजुरा गाउँपालिका ४ इ गाउँ देखि उत्तर बैजनाथ सिमानासम्म २९ सय मिटर बाटो माटो पटान ग्राभेल आवश्यकता अनुसार नाली बिस्तार कार्य तीब्र गतिका साथ निर्माण भइरहेको छ । यसवर्ष माटो पटान र ग्राभेल, अर्को बर्ष पिच हुने उक्त योजनाका बाँके क्षेत्र नं ३ प्रदेश सभा सदस्य बाबुराम गौतमको पहलमा आएको वडाध्यक्ष सुनारको भनाइ छ ।

(यो सामाग्री दैनिक नेपालगन्जबाट साभार गरीएको हो )

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ९ : ५८ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई