६ आश्विन २०८१, आइतबार | September 22, 2024

सरकारले अर्थतन्त्र बेहाल अवस्थामा पुर्‍यायो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्रलाई बेहाल अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् ।

आइतबार एमाले उद्योग विभागले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा सरकारले उत्पानदनमा जोड दिनुको सट्टा थर्काएर हैरानी पार्ने काम गरेको आरोप लगाए ।

‘व्याकमेलको जस्तो थर्काएर ताला लगाएर छापा लगाएर कसरी हैरानी पार्न सकिन्छ, कसरी थर्काउन सकिन्छ भन्ने खालका प्रकृतिका कामहरु भइरहेका छन्’, उनले भने, ‘पहिला बाहिर बसेर गर्थे अहिले राज्यमा बसेर त्यही कुरा आज फरक ढंगमा गर्न खोजिरहेका छन् यो अर्थतन्त्रका लागी गम्भीर र नकारात्मक हो।’

अर्थतन्त्रका ४ वटा क्षेत्र प्रभावित भएको उनले बताए । आफ्नो सरकारले उत्पादन र उत्पादकत्व वृद्धिको लक्ष्य लिएको दाबी गर्दै उनले आयात प्रतिस्थापन गर्न सकिन्छ भन्ने रहेको भएपनि अहिलेको सरकारले वेवास्ता गरेको उनले आरोप लगाए ।

उनले आफूले सडेगलेका चिज किन खानु परो भनेर नेपालमा त्यलाई बन्द गरेको भए पनि कमिशनको खेलले खुलेको टिप्पणी गरेका छन् ।

‘त्यसलाई बन्द पनि गरेको थिएँ, कतिपयलाई घाटा पनि लाग्यो होला’, उनले भने, ‘एक जनाको व्यापार सपार्नलाई राष्ट्रिय अर्थतन्त्रलाई प्रभाव नपारौं ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ४४ बजे

दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालत पेश

काठमाडौँ । नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला

भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

भैरहवा । भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

रामेछापमा जिप दुर्घटना, एकको मृत्यु, छ घाइते

मन्थली । मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा

गोरखा मिडियाका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग

थारु संग्रहालयमा मुख्यमन्त्री(फोटो फिचर)

दाङ । दाङ दंगिशरण गाउँपालिका-३ चखौरा स्थित थारु सांस्कृतिक संग्रहालयको