२९ पुस २०८१, सोमबार | January 13, 2025

माझी समुदायले मनाए कोशी पूजा



उदयपुर । माझी समुदायले धुमधामका साथ मंगलबार कोशी (लदी) पूजा मनाएका छन् । खोला तथा नदी किनारमा कोशी (लदी) पूजा मनाइएकाे हाे ।

माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । माझी समुदायले हरेक वर्ष फागुन तेस्राे मंगलबार यो पर्व मनाउँदै आएका छन् ।
माझी समुदायको पुर्खौली थलो कोशी किनार हो । विशेष गरी पानीको पूजा गर्ने भएकाले पनि यो समुदायले कोशी पूजालाई ठूलो पर्वको रुपमा लिने गर्छ ।

लदी पूजाका दिन सामुहिक रुपमा नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पूजा गरिन्छ । बज्रको पुजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायका अगुवा बताउँछन् । पूजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डा लगायतका फुल अक्षताकाे प्रयाेग हुन्छ ।

माझी समुदायले लदीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग राखे पनि सरकारले सम्बोधन नगरेको नेपाल माझी उत्थान संघ उदयपुरका सचिव दिपक माझीले बताए ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ८ : ०८ बजे

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती

माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई

डिजेल बोकेको ट्याङ्करको ठक्करबाट दुईजनाको मृत्यु

नेपालगन्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुम सडकखण्डमा ट्यांकरले मोटरसाईकललाई