२८ मंसिर २०८२, आइतबार | December 14, 2025

संसद भवन अगाडि राखिएको शंकास्पद प्रेसर कुकर सेनाद्वारा डिस्पोज



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मूल सडकमा राखिएको शंकास्पद प्रेसर कुकरलाई निस्क्रिय बनाइएकोछ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले नो एमसीसी लेखिएको शंकास्पद प्रेसर कुकरलाई डिस्पोज गरेको हो । एमसीसीको विरोधमा नेत्रविक्रम चन्दको नेकपासहित साना वामपन्थी दलहरुले आज नेपाल बन्द आह्वान गरेका छन् ।

बन्दलाई सफल पार्ने नाममा आम सर्वसाधारणलाई आतंकित पार्ने गरी मूल सडकमा बम राखिएको थाहा पाउने वित्तिकै प्रहरी र शसस्त्र प्रहरीले वरिपरिको क्षेत्रलाई सिल गरेको थियो । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर सो प्रेसर कुकरलाई निस्क्रिय बनाएको हो ।

शंकास्पद प्रेस कुकरभित्र कागज र इँटाका टुक्रा रहेका सेनाको डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाले जानकारी दिए । उनका अनुसार कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ थिएन ।

‘कुकरमा शंका गर्नुपर्ने बस्तु र विस्फोटक पदार्थ पनि थिएन,’ उनले भने, ‘त्यसभित्र कागज र इँटाकोे टुक्रामात्र थियो ।’

मोटरसाइकलमा आएका व्यक्तिले शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सीसीटीभी फुटेजका आधारमा उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १ : ०६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%