१९ पुस २०८१, शुक्रबार | January 3, 2025

संसद भवनभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आज (बिहीबार) संसद भवनमा भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवनमै उनीहरु छलफलमा जुटेका हुन् । सो छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल तथा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा पनि सहभागी रहेको जनाइएको छ ।

संसदमा एमसिसीबारे पास गर्ने विषयमा कसरी सहमित जुटाउने भनेर छलफल भइरहेको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् ।

‘एमसिसी पास गर्ने जुन विषय छ, त्यसमा कसरी सहमति जुटाउने भनेर सत्तारुढ प्रमुख दल र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भइरहेको हो,’ उनले भनिन् ।

एमसिसी टेबल भएर त्यसमाथि छलफल गरेर पारित गर्ने विषयमा उनीहरुबीच आज भएको भेटवार्तालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

एमालेले आफू अन्यायमा परेको भन्दै झन्डै ६ महिनादेखि संसद बैठक अवरुद्ध पार्दै आइरहेको छ । आफूले राखेको माग सम्बोधन भए एमसिसी प्रक्रियामा सहभागी हुने एमालेले जनाएँदै आएको छ ।

पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको छ । अन्यथा सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडानमा एमालेले राख्दै आएको छ ।

आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ३ : ०३ बजे

चिसो बढेपछि दाउरा वितरण

टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते

लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा

कालिका मानवज्ञान माविमा ‘फुड फेष्टिभल’, विद्यार्थीले पकाए अभिभावकले खाए

बुटवल । देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा पहिचान स्थापना बनाएको

पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो

झापा । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका

आलेख : निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान

काठमाडौं । पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि व्यापारका हिसाबले