२० चैत्र २०८१, बुधबार | April 2, 2025

संसदमा एमसीसीमाथि छलफल सुरु हुनुअघि प्रचण्ड-माधवबीच छलफल



काठमाडौं । संसदमा एमसीसीबारे सैद्धान्तिक छलफल हुनुअघि सत्ता गठबन्धनमा रहेका दुई कम्युनिष्ट पार्टीका शीर्ष नेताबीच छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल भएको हो । छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भका छन् ।

एमसीसीमाथि आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु हुँदैछ । एमसीसीको पक्षमा मतदान गर्न सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई दबाब दिइरहेको छ ।

यद्यपी, आजको दिनसम्म पनि यी दुवै पार्टीले आफ्नो पूर्ववत निर्णयअनुसार एमसीसीको विपक्षमा मतदान गर्ने बताउँदै आएका छन् । छलफलमा सत्ता गठबन्धनको भविष्यलाई लिएर छलफल भएको बताइएको छ । एमसीसी निर्णायार्थ पेश गर्दा कसरी प्रस्तुत हुने भन्ने विषयमा दुवै पार्टीले समान धारणा बनाउन खोजिरहेका छन् ।

दुवै पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरे कांग्रेसले गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने रणनीति बनाएको छ ।

एमसीसीको विरोधमा माओवादी र एकीकृत समाजवादीका जनवर्गीय संगठनहरु सडक आन्दोलनमा रहेका छन् ।

 

 

 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ११ : २६ बजे

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

जलेश्वर । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत

सांसद बोहराको निधनप्रति राप्रपाले तीन दिन शोक मनाउने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका वरिष्ठ नेता

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मुस्ताङ । मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान ।

ट्र्याक्टर दुर्घटनामा एक किशोरको मृत्यु, चालक गम्भीर

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज

दशौं डाँफे कप फुटबल : नवज्योति बैजनाथ फाइनलमा

खजुरा । बाँकेको खजुरामा जारी दशौँ डाँफे कप नकआउट फुटबल