१६ चैत्र २०८१, शनिबार | March 29, 2025

वैदेशिक रोजगारीमा २० करोडको ठगीका उजुरी



काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ।

वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी संख्या भने १ सय १४ वटा बढी रहेको विभागले जनाएको छ।

गत वर्ष ठगिएको जनाउँदै २ सय २४ वटा उजुरी परेकोमा चालू आवमा सो बढेर ३ सय ३८ पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए। माघसम्म २० करोड रुपैयाँको दाबी गर्दै उजुरी परेका ३८ वटा मुद्दा अदालतमा दायर भएकोमा अदालतले पाँच करोड ८० लाख १३ हजार १ सय ८७ रुपैयाँ बराबर बिगो दाबी कायम गरेको छ । यो अवधिमा ६३ उजुरीमा मिलापत्र हुँदा चार करोड ९२ लाख ८३ हजार ६ सय ८५ युवाले पैसा फिर्ता पाएका छन् ।

विभागले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढेको जनाएको छ।

सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : ४२ बजे

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा

मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो

मुस्ताङ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो

आफ्नो सांसदको रिहाइको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा

पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा महानगरको ७ लाख ९३ हजारको जरिवाना पुर्जी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको

कसैले चाहदैमा यो व्यवस्था परिवर्तन हुँदैन : सभापति देउवा

लुम्बिनी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक