२८ मंसिर २०८२, आइतबार | December 14, 2025

अस्पतालबाटै संक्रमित भागेपछि वीरगंजमा खैलाबैला



वीरगंज । कोरोना संक्रमण पुष्टी भएपछि उपचारका लागिवीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना भएका दुई जना अस्पतालबाटै फरार भएका छन् ।

अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना बुधबार मध्यान्ह फरार भएका हुन् । अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र असफर हवारी भन्ने दुईजना फरार भएको अस्पताल स्रोतले जनाएको छ ।

पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् । फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । फरार भएकाहरु पर्साकै भएको बताइएको छ । पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्थले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको जानकारी दिनुभएको छ । उहांले कोरोना संक्रमित भागेको खबर आएलगत्तै खोजीका लागि प्रहरी टोली परिचालन गरिएको बनाउनुभयो। संक्रमित भागेपछि अस्पतालमा खैलाबैला मच्चिएको थियो ।

पर्सामा संक्रमित तीव्र गतिमा थपिएपछि मंगलबारदेखि आगामी जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ५० बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%