१२ मंसिर २०८१, बुधबार | November 27, 2024

टीकापुरमा आठ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ



कैलाली । कैलालीको जानकी गाउ“पालिका वडा नं.–८ भोक्सीबाट प्रहरीले ८ ग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।

टीकापुरका प्रहरी प्रमुख एवं डीएसपी मनोहरप्रसाद भट्टका अनुसार लागुऔषध ब्राउन सुगरसहित पक्राउ पर्नेमा जानकी गाउपालिका वडा नं.–६ सुवर्णपुरका ३० वर्षीय दीपक विश्वकर्मा, वडा नं.–८ भोक्सीका २० वर्षीय राजेश थापा र टीकापुर नगरपालिका वडा नं.–१ भूतपूर्व कमैया शिविरका २९ वर्षीय नेत्रबहादुर हमाल रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट से ४ प ५४४७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

गस्तीका क्रममा उनीहरूलाई लागु औषध सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइ खानतलासी गर्दा ८ ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

टीकापुर प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला चलान गरेको छ भने कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरको अवस्था हेरी कसुरदारलाई पा“चदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रूपैया“सम्म जरिवाना हुने प्रावधान रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ३ : १२ बजे

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल

नेपालीको संङख्या बढेसंगै जापानमा अर्को अन्तराष्ट्रिय स्तरको विद्यालय खुल्यो

टोकियो । जापानमा नेपालीहरुको जनसङख्या बढेसंगै अन्तराष्ट्रिय स्तरको विद्यालयको माँग

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

ढोरपाटन । बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न

मार्फामा बढ्दै पर्यटक

म्याग्दी । घरपझोङ गाउँपालिका-२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय