२५ चैत्र २०८१, सोमबार | April 7, 2025

सशस्त्र प्रहरीको ओ एन्ड एम स्वीकृत, दुई प्राविधिक डीआईजीको दरबन्दी थप



काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा दुई प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १ सय १२ वटा दरबन्दी थप गरेको छ ।

सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घट्ने गरी सरकारले पद समायोजन गरेको हो । पद समायोजनका क्रममा १ सय ७४ वटा विभिन्न दरबन्दी कटौती गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेल नेतृत्वको पाँच सदस्यीय संगठन तथा सर्वेक्षण व्यवस्थापन समितिको सिफारिसबमोजिम मन्त्रिपरिषद्को बिहीबारको बैठकले पद समायोजन गरेको हो । समितिमा सशस्त्र प्रहरीको तर्फबाट डीआईजी राजु अर्याल सदस्य थिए ।

स्रोतका अनुसार स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फ एक/एकवटा डीआईजीको दरबन्दी थप भएको हो । थप भएको दरबन्दीमा स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रूपक महर्जन बढुृवा हुनेछन् ।

यसैगरी, इन्जिनियरिङ तथा सञ्चारतर्फ थप भएको डीआईजी पदमा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप थापा बढुवा हुनेछन् ।

पद समायोजनका क्रममा स्वास्थ्यतर्फ दुई एसपी र २२ सईको दरबन्दी थप गरिएको छ । यसैगरी, साधारण समूह कानुन उपसमूहअन्तर्गत एउटा एसएसपीको दरबन्दी थप गरिएको छ । कानुन उपसमूहको एसएसपीको स्वाभाविक दाबेदार एसपी युवराज अर्याल रहेका छन् । उनीसँगै सिसं २ का इन्सपेक्टर अहिले कामु एसएसपी भइसकेका छन् ।

यसैगरी, सरकारले साधारण समूह लेखा उपसमूहतर्फ १० डीएसपी र १० इन्सपेक्टरको दरबन्दी थप गरेको छ । लेखातर्फ राजकुमार ढकाल, गणेशबहादुर मल्ल, करबहादुर घर्ती, महेन्द्र हमाल, रमेश थापा, खुसबहादुर श्रेष्ठ, उर्मिला थापा, सुदनराज गिरी, तारा केसी, शोभाकान्त ढकाल, उमाकान्त जोशीलगायत डीएसपी हुनेछन् ।

यसैगरी, साधारण समूह साधारण उपसमूह (इन्फेन्ट्री) तर्फ ४४ डीएसपी र २० एसपीको दरबन्दी थप गरिएको छ । यो दरबन्दी थपले लामो समयदेखि एउटै पदमा बस्नुपर्ने बाध्यताको केही हदसम्म सम्बोधन भएको छ । ४४ डीएसपीको दरबन्दी थप हुँदा सिसं ६ का सबै जना इन्सपेक्टर डीएसपी बन्ने बाटो खुलेको छ । साथै सिसं ७ का केही इन्सपेक्टर पनि डीएसपी बन्नेछन् ।

यसैगरी, इन्फेन्ट्रीतर्फ थपिएको २० एसपीमा सिसं ३ का डीएसपी बढुवा हुनेछन् । सशस्त्रमा अहिले पनि ११ एसपी पद रिक्त नै छ । बढुवामा नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका पनि पर्नेछन् ।

समायोजन गर्ने क्रममा १ सय ७४ दरबन्दी कटौती गर्ने क्रममा लेखातर्फ असईका २७ दरबन्दी कटौती गरिएको छ । यसैगरी, स्वास्थ्यतर्फ ३ असई, सञ्चार तथा इन्जिनियरिङतर्फ ८ हबल्दार, १ सय ३५ जवानको दरबन्दी कटौती गरिएको छ । यस्तै, कानुनतर्फ इन्सपेक्टरको एउटा दरबन्दी कटौतीमा परेको छ । आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : ५२ बजे

तिलोत्तमाको गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा रोकको घोषणा घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ