४ बैशाख २०८२, बिहिबार | April 17, 2025

बारामा अनिश्चितकालीन निषेधाज्ञा जारी



कलैया । २ नं. प्रदेको बारा र पर्सामा कोरोना संक्रमण ह्वात्तै वृद्धि भएसँगै बारा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

क्राइसिस म्यानेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

पर्सा जिल्लामा बढ्दै गएको संक्रमितको संख्यालाई मध्यनजर गर्दै पर्साबाट बारा आउने जाने सवारी साधनलाई निषेध गरिएको छ । यस्तै, उद्योग प्रतिष्ठानमा पर्सा र वीरगन्जमा रहनेहरु व्यक्तिहरुलाई काममा नलगाउने समेत निर्णय भएको छ ।

बुधबारदेखि सिकिस्त बिरामीको प्रयोजनबाहेक अन्यलाई दिइएको इ–पासको व्यवस्था पनि खारेज गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ०४ बजे

कोरलानाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ

मुस्ताङ । समग्र मुस्ताङको धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ

कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले यही वैशाख ९ गते

स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण

नेपालगन्जको सोल्टी वेस्टेन्ट प्रिमियर होटलले मनायो छैठौं स्थापना दिवस

नेपालगन्ज । नेपालगन्जको पहिलो ५ तारे होटलकारुपमा रहेको सोल्टी वेस्टेन्ट

ई-सेवाबाट १ करोड रकम चोरी गर्ने २२ वर्षीय युवक पक्राउ

काठमाडौं । काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका एकै व्यक्तिले चार