२८ मंसिर २०८२, आइतबार | December 14, 2025

ज्यानमार्ने धम्की आएपछि स्वास्थ्यकर्मीले गुहारे प्रहरी



खजुरा ।  कोरोना भाइरसको संक्रमणको बिरुद्ध जुधिरहेका बांकेको एक स्वास्थ्य चौकीका कर्मचारीहरुलाई ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकीमा त्रास फैलिएको छ । बांकेको खजुरा गांउ पालिका अन्तर्गतको स्वास्थ्य चौकीका कर्मचारीहरुलाई स्थानीय केहि ब्यक्तिहरुले ज्यान मार्ने धम्की दिएपछि कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकाछन् ।

गाउं पालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीय रफि भाट सहितको समुहले कार्यालमा आएर ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले प्रहरीसंग सुरक्षा मागेका हुन् । कर्मचारीहरुलाई कार्यालय बाहिर भेटे हात खुट्टा भांच्ने सम्मको गालीगलौज गरेको र भाट सहित वारिस खान र अस्लम भाट समेत कार्यालयमा आई कर्मचारीहरुमाथि अभद्र ब्यवहार गरेको स्वास्थ्य चौकी ईन्चार्ज सुदिप पौडेलले बताए ।

कार्यालय परिषरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वाताबरण नभएकाले सुरक्षाको प्रत्याभुति दिलाउन धम्कीदिनेहरुमाथि कानुनी कारवाहि गर्न उनीहरुले प्रशासनलाई आग्रह गरेकाछन् । ज्यानको सुरक्षा र काम गर्ने वाताबरणको माग गर्दै कर्मचारीहरुले स्थानीय इलाका प्रहरी कार्यालय धनौलीमा निबेदन दर्ता गराएकाछन्

स्वास्थ्य चौकीमा नजन्मेको बच्चालाई स्वास्थ्य चौकी मै जन्मेको प्रमाणीकरण गरिदिन भनेकोमा आफुले अस्विकार गर्दा धम्की दिएको स्वास्थ्य चौकी ईन्चार्ज पौडेलले बताए ।

बैशाख २६ गते प्रसुति गराउन आएकी रफि भाटकी श्रीमतीलाई स्वास्थ्य चौकीकी महिला कर्मचारीले सुत्केरी ब्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए । कोरोना भाइरसको संक्रमणको आशंकामा स्वास्थ्यकर्मीहरुले धमाधम स्वाव संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : ३४ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई