११ मंसिर २०८१, मंगलबार | November 26, 2024

टिमुरे सुक्खा बन्दरगाहको काम २० प्रतिशत पूरा



रसुवा । टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम क्रमिकरूपले अगाडि बढ्न थालेको छ । नेपाल-चीनबीचको आयात निर्यात सामग्री परीक्षणमा सहज बनाई दुई देशबीचको व्यापार व्यवसाय अभिवृद्वि गराउने उद्देश्यले सुक्खा बन्दरगाह निर्माण थालिएको हो ।

नेपाल इन्टरमोडेल यातायात विकास समितिका अनुसार टिमुरे गाउँमुनि भोटेकोसी नदिको बगरलाई बाँध बाध्ने काम धमाधम अगाडि बढिरहेको छ । निर्माणस्थलमा ४० नेपाली एवं १३ चिनियासहित ५३ कामदार कार्यरत छन् । कोभिड सङ्क्रमणका कारण सुस्त गतिमा रहेको कार्य कामदारको वृद्धिसँगै २० प्रतिशत पूरा भएको प्राविधिकले बताएका छन् ।

सो बन्दरगाह ३० महिनाभित्र सम्पन्न गर्ने शर्तका साथ सन् २०१९ को नोभेम्वरबाट निर्माण थालनी भएको थियो । कोभिडको असरप्रति सावधानी अपनाउँदै काम अगाडि बढी रहेकाले सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने प्राबिधिक अनुमान छ।

चीन सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण भइरहेको सो बन्दरगाहाको निर्माणको जिम्मा चिनियाँ तिब्बत फुल्ली कन्ट्रक्सनले पाएको छ । विकास समितिका प्राविधिकले कामको सहजीकरण गरिरहेको बताइन्छ । निर्माण सम्पन्न भएपछि मालवाहक ठूला दुई सय पचास कन्टेनर र साना तथा मझ्यौला एक सय सवारी साधनलाई पार्किङमा सहज हुने साइट इञ्चार्ज इञ्जिनियर शोभाकान्त राउतले जानकारी दिए।

बन्दरगाह निर्माणलाई थप सहज पार्न आयोजनास्थलका आसपासमा रहेका ११ व्यक्तिगत घर टहरा हटाउन मुआब्जा निर्धारण गराउने कार्य सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार आइतबार बसेको मूल्याङ्कन समितिको बैठकमार्फत प्राविधिक मूल्याङ्कनको आधारमा घर टहराको मुआब्जा निर्धारण गर्ने काम सम्पन्न भएको हो । निर्धारित मुआब्जा रकम करिब ३९ लाख भएको उनले जानकारी दिए ।

बन्दरगाह निर्माणका लागि पाँच वर्ष अगाडि अधिग्रहण गरिएको थियो । मुआब्जा निर्धारण समितिले गरेको निर्णय जनहितकारी भएको स्थानीयवासीले जनाएका छन् । जिल्लाभित्रको शान्ति सुरक्षा मजबुत पार्दै जनताको टट्कारो समश्यालाई प्रक्रियागत रूपमा छिटो सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले प्रभावकारी कदम चालेको छ ।

कार्यालय समयको अतिरिक्त दैनिक साँझसम्म सेवाग्राहीको कार्य सम्पादन गर्ने गराउने, राजमार्गमा हुने अवरोध तत्काल हटाई अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा सहजीकरण, धार्मिक एवं पर्यटन पदमार्गका होटल तथा लजहरूमा भइरहेको एकद्वार प्रणालीको अन्त्य जस्ता विविध कार्यमा प्रजिअ जैसीको योगदान महत्वपूर्ण भएकोे जनाइएको छ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १२ : ५१ बजे

बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटलसाइकल दुर्घटना हुँदा

नेपालगन्जमा सडकमा फोहर फाल्ने विरुद्ध शून्य सहनशिलता

नेपालगन्ज । नेपालगन्जमा जथाभावी सडकमा फोहोर फाल्नेलाई उपमहानगरपालिकाले कारबाही गर्न

‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’

काठमाडौं । काशी हिन्दू विश्वविद्यालयका प्रा डा दीपक मल्लिकले नेपालमा

एनपिएलमा उत्कृष्ट हुने खेलाडीले गाडी पाउने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई