२८ मंसिर २०८२, आइतबार | December 14, 2025

भारत-चीन सीमा विवादबारे अमेरिकी प्रतिक्रिया : छिमेकीलाई ‘धम्की दिने’ बेइजिङको प्रयास



काठमाडौं । भारत-चीन सीमा विवाद जारी रहँदा अमेरिकाले छिमेकी देशलाई ‘धम्की दिने’ बेइजिङको प्रयास चिन्ता बढाउने खालको रहेको प्रतिक्रिया दिएको छ । अमेरिकाले आफू साझेदार देशसँग उभिने बताएको बीबीसीले उल्लेख गरेको छ ।

भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा करिब तीन वर्षयता तनावको स्थिति बनेको छ । समस्या समाधानका लागि दुबै देशबीच सैन्य स्तरमा कयौंपटक छलफल भएको छ तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।

अमेरिकाको ताजा धारणा यस्तो बेलामा आएको छ जतिबेला भारत र चीनबीचको सैन्य स्तरको छलफलको १४ औं शृंखला सुरु हुन लागेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार कोर कमाण्डर स्तरको यो छलफल बुधबार हुन सक्ने सम्भावना छ ।

भारत र चीनबीच हुन लागेको छलफल अघि अमेरिकामा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले यस घटनालाई हेरिरहेको बताएकी हुन् । उनले भनिन्, ‘हामी सीमा विवाद कुराकानी र शान्तिपूर्ण रुपमा समाधानको समर्थन गर्छौं।’

उनले भनिन्, ‘यसले अस्थिरता पैदा गर्न सक्छ । हामी चीनले छिमेकीमाथि धम्की दिने प्रयासलाई लिएर चिन्तित छौं । यस प्रकरणमा हामी आफ्ना साझेदारसँग खडा रहने छौं ।’

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ९ : २४ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%