२८ चैत्र २०८१, बिहिबार | April 11, 2025

धनगढी प्रयोगशालामा किट अभाबमा भएपछि कोरोना परीक्षण रोकियो



धनगढी । मौज्दात किट सकिएपछि धनगढी प्रयोगशालामा कोरोना भाइरस परीक्षण रोकिएको छ । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी(पिसिआर मेसिनमार्फत हुने कोरोना परीक्षण बन्द भएको हो ।

बुधबार राति चार जनाको परीक्षण भएकोमा किटको मौज्दात सकिएपछि बिहीबार परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ ।
थ्रोट स्वाबको नमूना संकलन गरेपछि त्यसको प्रोसेसिङका लागि पिसिआर किट र आरएनए एस्ट्राक्सन किट आवश्यक पर्छ । पिसिआर किटको मौज्दात भए पनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ । अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको छ ।

किट नभएपछि थ्रोट स्वाब संकलन गरिएका ५० बढिको अहिलेसम्म नमुना परीक्षण गर्न सकिएको छैन् । धनगढीमा प्रयोगशाला स्थापना भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउन बन्द गरिएको थियो । किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका तीन जना बिरामीको पुनः परीक्षणसमेत गर्न सकिएको छैन ।

काठमाडौं र वीरगञ्जमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएको अवस्थामा धनगढीमा निको भएका संक्रमितको पुनः परीक्षण हुन नसक्दा जोखिम बढेको छ । किट अभाव हुँदा संकलित नमुनाको समेत परीक्षण रोकिएपछि शंकास्पदको नमुना संकलनसमेत अहिलेलाई बन्द गरिएको छ ।

किटको मौज्दात सकिएको र शुक्रबारसम्म संघीय सरकारले पठाउने जानकारी आएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार शुक्रबार संघीय स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशका लागि तीन सय किट पठाउने तयारी गरेको छ । यसअघि सुदूरपश्चिम प्रदेशमा स्वाब राख्ने भाडो भिटिएमको अभाव हुँदा परीक्षण प्रभावित भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : ४४ बजे

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको

चार वटा तार उद्योगको कारोबार रोक्का

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति