२८ मंसिर २०८२, आइतबार | December 14, 2025

ओली इतर स्थायी कमिटी सदस्यहरुद्वारा पार्टी कार्यालयमै भेला, तत्काल बैठक बोलाउन माग



काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टीको स्थायी कमिटी बैठक अनिश्चितकालसम्म स्थगित भएपछि असन्तुष्ट नेताहरुले पार्टी केन्द्रीय कार्यालयमै भेला गरेका छन् ।

स्थायी कमिटी बैठकको माग गरेका २० जना नेताहरुको पहलमा अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल समूहका नेताहरुले पार्टी कार्यालयमा छलफल गरेका हुन् ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीलाई विधि र प्रक्रियाअनुसार कसरी एकतावद्ध बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

छलफलमा उपस्थित अर्का एक नेताले भने अध्यक्ष ओलीले स्थायी कमिटी बैठकबाट भागेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए । स्थायी कमिटी बैठक नबोलाइएको अवस्थामा कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल गरिएको दाबी गरे । उनले पार्टी कार्यालयमै गरिएको छलफल अध्यक्ष ओलीको गैरजिम्मेवार गतिविधिविरुद्ध सांकेतिक विरोध भएको बताए ।

बुधबार बसेको सचिवालय बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्क गरेपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ३ : ४६ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको