२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सचिवालय बैठकमा चर्काचर्की, स्थायी कमिटी बैठक अन्यौलमा



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठककै बीचमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि स्थायी कमिटी बैठक अन्यौलमा परेको छ । प्रधानमन्त्रीले बैठक छोडेर बाहिरिए पछि बिहीबार बस्ने स्थायी कमिटी बैठक नै नहुने अवस्थामा पुगेको हो ।

सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले २० सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका थिए। अब, स्थायी कमिटी बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । बैठक जारी रहेकै समयमा अध्यक्ष ओली बैठकबाट बाहिरिनुभएको थियो ।

सचिवालय बैठकमा सरकारले ल्याएको अध्यादेश र एकव्यक्ति एक पदका विषयमा चर्काचर्की पछि प्रधानमन्त्रीले बैठक छोडेको बुझिएको छ । अहिले अध्यक्ष प्रचण्ड र ओलीबीच छलफल भैरहेको छ ।

प्रधानमन्त्री इतर नेताहरुले बैशाख २० गतेको सचिवालयले एक व्यक्ति एक पदमा सहमति गरेको दाबी गर्दै आएका छन् भने ओली पक्षले भने त्यसलाई अस्वीकार गर्दै पार्टीलाई मिलाएर लैजाने विषयमा मात्र सहमति भएको बताउँदै आएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीसहित सबै सचिवालय सदस्यहरुले आत्मालोचना गरेका थिए । बिहीबार बस्ने स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न आज सचिवालय बैठक बसेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : १९ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको