२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

५० करोडको लगानीमा बुटवलमा खुल्यो रुपन्देहीकै पहिलो बुटिक होटल



बुटवल । भैरहवामा अन्तरराष्ट्रिय विमान स्थल संचालनमा आउने दिन नजिकिएसँगै रुपन्देहीमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्नेको संख्या बढेर गएको छ । लुम्बिनी र अन्तरराष्ट्रिय विमान स्थल संचालनलाई लक्षित गर्दै रुपन्देहीमा थपिँदै गएको होटल विजेनेशको थप कडिकारुपमा बुटिक होटलकारुपमा ड्रिम इन्टरनेशनल आईतबारबाट संचालनमा आएको छ ।

रुपन्देही क्षेत्रकै पहिलो बुटिक हाेटलकारुपमा संचालनमा आएको होटल ड्रिम इन्टरनेशनल आईतबारबाट औपचारीकरुपमा संचालनमा आएको हो ।

रुपन्देहीको मणिग्राममा ड्रिमल्यान्ड गोल्ड रिसोर्टको नामबाट चार तारे होटेल संचालन गर्दै आएका युवा व्यवसायी गोपाल राना र बिष्णु थापाको पारिवारिक लगानीमा नयाँ होटल संचालनमा आएको हो ।

होटलका अध्यक्ष गोपाल रानाका अनुसार ४० कोठासहितको सो होटेलमा ४ वटा स्वीट रुम र बाँकी ३६ वटा सुपर डिलक्स रुम छन् । होटलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले बिदेशी पर्यटकलाई अकार्षण दिन सक्ने गरि तयार गरिएको अध्यक्ष रानाले बताए ।

होटलले संचालनमा आएसँगै आफ्ना पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, पाल्पाको रानीमहल,लुम्बिनी लगायतका स्थानमा घुमाउन र ती स्थानको पर्यटन प्रवर्द्धन गर्न टुर प्याकेज पनि सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रानाले कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको अवस्थामा पनि मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन नै हो भन्ने आत्मविश्वासका साथ बुटिक होटेलमा लगानी गरिएको बताए ।

‘निजी क्षेत्रबाट होटेल पर्यटनमा ठूलो मात्रामा लगानी भएको छ, यो लगानीको प्रतिफल प्राप्तिका लागि सरकारले पर्यटनमैत्री नीति बनाउन आवश्यक छ ।’ उनले भने ।

होटलमा ६० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलमा सय जना क्षमताको दुई वटा कन्फेरेन्सरमिटिङ हल,ग्राउण्ड फ्लोरमा फाइन डाइनिङ रेष्टुरेन्ट,माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेस रेष्टुरेन्ट रहेका छ्न ।

अहिलेसम्ममा ५० करोड लगानी भइसकेको र होटलले अन्तिम स्वरुप लिँदा सम्म थप लगानी हुन सक्ने रानाले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १२ : ३३ बजे

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको