२८ मंसिर २०८२, आइतबार | December 14, 2025

५० प्रतिशत कर्जा आयातमै लगानी



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जाको ५० प्रतिशत आयातमै लगानी हुन थालेको छ । आयात उच्च वृद्धि भएसँगै बैंकहरूको कर्जाको ठूलो हिस्सा पनि यसैमा खर्च भएको हो ।

बिहीबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले कर्जाको ठूलो हिस्सा आयातमा जाँदा बजारमा तरलता अभाव भएको जानकारी दिए ।

उच्च आयातका कारण व्यापारघाटा चुलिँदै गएको भन्दै उनले विलासी सामान आयातमा कडाइ गर्ने नीति लिएकोसमेत जानकारी दिए ।
राष्ट्र बैंकले केही समयअघि चाँदी आयातमा कडाइ गरिसकेको छ ।

यसैगरी निक्षेप र कर्जाको वृद्धिको ग्यापले पनि तरलतामा असर गरेको गभर्नर अधिकारीको भनाइ थियो । ‘६४ अर्व निक्षेप बढ्दा ४११ अर्व कर्जा प्रवाह भएको छ’ उनले भने, ‘प्रवाह भएको कर्जा पनि आयातकै लागि प्रयोग हुँदा तरलताको समस्या भएको हो ।’

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ३ : २५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%