१० माघ २०८१, बिहिबार | January 23, 2025

नेकपा एकीकृत समाजवादीले छाड्याे जनताको बहुदलीय जनवाद , मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त



काठमाडौं । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले औपचारीकरुपमा जनताको बहुदलीय जनवादको लाईन छाड्ने भएको छ । शनिबारदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा वैचारिक–राजनीतिक कार्यक्रम प्रस्तुत गर्दै सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने धारणा प्रस्तुत गरेका छन् ।

खनालले प्रस्तुत गरेको प्रतिवेदनमा संविधान मार्फत् जबज कार्यान्वयन भइसकेको दाबी गर्दै मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरेका छन् ।

‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन। मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ । त्यसरी मात्र हामी समाजवादका लक्ष्य हासिल गर्न सक्छौं र नेपाली जनताको सपनाका रुपमा हामीले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को निर्माण गर्न सक्छौं’, नेता खनालले प्रस्तुत गरेको दस्तावेजमा उल्लेख छ ।

यस्तो छ खनालको दस्तावेज :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/11/todayccm-converted.pdf”]

 

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : १३ बजे

नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक छ : संयोजक घिमिरे

काठमाडौं । अमेरिकाबाट फर्किएर पुख्र्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) सुरु

गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन

महोत्तरी । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला-८

उद्योगसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै लमजुङ गुरुङ

लमजुङ । लमजुङ दोर्दी गाउँपालिका-५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ