२३ भदौ २०८१, आइतबार | September 8, 2024

मजदुर भन्छन् स्यानिटाईजर लेउ, नगर प्रमुख भन्छन् २ बोटल खाउ



बर्दिया । देशमा कोरोना संक्रमण जोखिम न्युनीकरण गर्नका लागि लकडाउन गरीएको छ ।

तर यो समयमा देशभरी नै सरसफाइ कर्मचारीहरु भने सफाईका लागि खटिरहेका छन् । उनीहरु जस्तै बर्दिया गुलरिया नगरपालिकाका सफाई मजदुरहरु पनि आफ्नो काममा खटिईरहेका छन् तर उनीहरुलाई आवश्यक सुरक्षा सामाग्री नगरपालिकाले उपलब्ध गराएको छैन ।

हातमा लगाउने स्यानीटाईजर माग्दा नगरपालिकाका अधिकारीहरूले साँझ दुई तिन बोतल रक्सी खाए भईहाल्छ नी भन्ने जवाफ फर्काएको एक सफाई मजदुरले बताएका छन् । “हामी यस्तो संकटको बेलामा जोखिम मोलेर काम गर्छौँ तर हामीलाई मास्क स्यानीटाईजर पञ्जा समेत पर्याप्त दिईदैन” । उनले भने । “हामी त मरे मरौला परिवारको चिन्ता लाग्छ” । उनीहरुको चिन्ता छ ।

सफाइ मजदुर गुरुबचन वि क पर्याप्त मात्रामा बुट स्यानीटाईज र पञ्जा उपलब्ध नगराउँदा काम गर्न जोखिम भएको बताउंछन् । उनले भने “पर्याप्त सुरक्षाका सामाग्री छैनन् तर पनि जोखिम मोलेर काम गरीरहेका छौँ” । कहिले काहिं मरेका मान्छेको शव र चौपाय फाल्नु पर्दा आफ्नो भन्दापनि परिवारको चिन्ता लाग्ने गरेको वि क बताउंछन् ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका अन्र्तगत गुलरिया बजारमा खटिएका कर्मचारीहरु वर्षौदेखि असुरक्षित तरिकाले सफाईमा खटिने गरेका छन् । गुलरियामा हातमा लगाएको पञ्जाको भरमा सफाई कर्मचारीहरु दिनहुँ खटिने गरेको देख्न सकिन्छ । घरमा वा अन्य समयमा लगाउने सामान्य कपडा नै लगाएर दिनहुँ सफाईमा खटिने गरेको उनीहरु बताउँछन् । उनीहरुले मुखमा कपडाको सामान्य मास्क लगाएको देख्न सकिन्छ । खुट्टामा भने सामान्य चप्पल लगाएर सफाइमा खटिन बाध्य छन् ।

 

नगरपालिकाले कोराना संक्रमणको सम्भावित खतरामा पनि समान्य समयमा अपनाउनु पर्ने सुरक्षाका उपाय समेत अपनाएको छैन । गुलरिया नगरपालिकाले १५ जनालाई दैनिक ज्यालादारीमा सफाई कर्मचारी राखेको छ । जसमध्ये १० जना नगरक्षेत्रमा फोहोरहरु संकलनगर्ने, नगरमा मृत्यु भएका पशुबस्तुहरुलाई गाड्ने लगाएतका कार्यहरु गर्दछन् । पाँचजनाले संकलनभएको फोहोरहरु मध्ये कुहिने नकुहिने र ठोष फोहोर मैलाहरु छुट्याउने गर्दछन् ।

जोखिमयुक्त काम गर्ने सफाई मजदुरहरुलाई विमा, जोखिमभत्ता धेरै टाढाको कुरा हो नगरपालिकाले नियुक्तीपत्र समेत दिएको छैन । न त सरकारी दर रेट अनुसार नै दैनिक ज्याला दिएको छ । सफाइ मजदुर तुलसी खत्रीले नगरपालिकाले पटक पटक माग गर्दा समेत नियुक्तीपत्र नदिएको बताईन् ।

पटक पटक नगरपालिकामा नियुक्तीपत्र माग गर्दा समेत नदिएको बताउँदै जोखिमपुर्ण कामभएको कारणले ज्याला मजदुरी हो भने सोही हिसाबले करारमा भए पनि नियुक्ती पत्र दिनुपर्ने उनले बताईन् । “पटक पटक विरोध समेत गर्यौँ । दुई जना साथीहरु हैरानभएर यस ठाउँ छोडेर अन्यत्रकाम गर्न गई सके” । उनले भनिन् । नियुक्तीपत्र र सुरक्षाका सामानहरु माग्दा कामगर्न मन छ भने गर नत्र जाउ अरु धेरै आउँछन् काम गर्न भनेर कार्यालयका हाकिमहरुले भन्ने गरेको उनको गुनासो छ ।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिराम यादवले भने कर्मचारीहरुले लगाएको आरोप मान्न तयार छैनन् । सबै सफाई मजदुरहरुलाई सुरक्षाका सबै सामाग्री उपलब्ध गराएको नगर प्रमुख यादवको भनाई छ ।

बर्दियाको गुलरिया नगरपालिकाको सफाई मजदुरहरुको व्यथा पतिनीधि मात्र हो । कोरोना कहरको समयमा मात्र होईन उनीहरु हरेक दिन जोखिममा रहेका छन् । देशमा धेरै सफाइ मजदुरहरुको व्यथा उस्तै छ । गरिबिले पिल्सीएर साँझ विहान हात जोड्नका लागि फोहोर संकलन कार्यमा खटिएका सफाइ कर्मचारीहरुको सुरक्षाका लागि स्थानीय प्रदेश र केन्द्र सरकारले निश्चित मापदण्ड बनाउन जरुरी छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १ : ०२ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर