३१ भदौ २०८१, सोमबार | September 16, 2024

महानायक राजेश हमाल अब गायक पनि



काठमाडौं । महानायक राजेश हमालले आफूलाई गायकको रूपमा समेत अघि बढाएका छन् । हमालले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका हुन् ।

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

‘हमाल दाइलाई आफूलाई अनुकुल हुने, आफ्नो उमेर सुहाउँदो एउटा गीत गाउन इच्छा रहेछ,’ गीतकार तथा संगीतकार दीपक शर्माले भने, ‘मैले एउटा गीत लेखेको थिएँ । म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमार्फत हमाल दाइलाई भेटेर गीत सुनाएँ । उहाँले मन पराउनुभयो।’

गीत मन पराएपछि हमालले केही समय ‘प्राक्टिस’ गर्ने चाहना राखेछन् । ‘दाइसँग दुई पटकको बसाइमा राम्रो ‘प्राक्टिस’ भयो,’ संगीतकार शर्माले भने, ‘दुई पटककै अभ्यासमा उहाँले प्रोफेसन गायकले झैँ सुरताल पकड्नु भयो । त्यसपछि गीत रेकर्ड गर्‍यौँ ।’

हमालको स्वरको यो गीत तिहार अगाडि नै भिडियोसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ । भिडियोको निर्देशक देवेन्द्र पाण्डेले गर्नेछन् । हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए ।

तर, त्यसलाई गीत मान्न सकिँदैन । पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शकस्रोताको साथ पाउने विश्वास संगीतकार शर्माको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १ : ५३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित