२५ चैत्र २०८१, सोमबार | April 7, 2025

आफ्नै सपनाहरु !



कवि डिबी गुरुङ

छरेको थिएँ धान
अनि
उमारेको थिएँ बीऊ
रोपेको थिएँ असारमास
खेतका गराहरुमा छुपुछुपु !
दर्के झरिमा थिएनन् स्यागु र छत्री पनि
न थिए ओत लाग्ने प्लाष्टिक र टहराहरु !
खाएका थिए खुट्टाका ओैंलाहरु
पैतालाहरु त चाल्नाजस्तै थिए हिलोले
झरिले जीउ रुझेपनि
प्यासले प्याक प्याक थियो ओंठ-मुख !
तैपनि रोपिरहें
विश्वासका बीऊ
फुल्ने,झुल्ने र फल्ने आशमा !
भोको पेटले अघाउने सपनामा रोपेको थिएँ बीऊ
मनको मल मिसाएको थिएँ अलिकति
आँसुका दानाहरुले सिंचाई गरेको थिएँ
गोडमेल गर्ने हातहरु
थाकेनन् कसैगरी
अनि
लाग्यो रहर लाग्दो गरि दाना
झुल्यो लरिबरी गर्दै फाँटहरुमा
मनको भकारीमा राख्न नभ्याउँदै
थिच्यो पानीले
मिच्यो पानीले
घिच्यो पानीले
मिहिनेतको पसिनाले सकेन आकासे पानी थेग्न १
चुर्लुम्म डुब्दै
उठाई रहेछु
धानका बालाहरु
जहाँ मेरा सन्तानका भोकहरु लुकेका छन्
वर्तमानका पीडा र शोक लुकिरहेका छन् ।
म उठाईरहेछु
डुबिरहेका आफ्नै सपनाहरु !

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ०४ बजे

तिलोत्तमाको गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा रोकको घोषणा घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ