२८ मंसिर २०८२, आइतबार | December 14, 2025

१० हजार मेट्रिकटन युरिया मल उत्तरी नाकामा रोकियो



काठमाडौं । उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि समेत अभाव हुन नदिन उत्तरी नाकाबाट ल्याउन लागिएको युरिया मल नाका अवरोधका कारण रोकिएको हो ।

सिल्क मार्केट नामक नेपाली कम्पनीले १० हजार मेटन युरिया मल १० दिनअघि ल्हासा पार गराएर सिगात्से भन्ने स्थानमा ल्याइपुर्‍याएको भए पनि नाकामा भएको असहजताका कारण नेपाल भित्र्याउन सकेको छैन ।

कृषि सामग्री कम्पनी लिमिटेडले १० हजार मेटन युरिया र ५ हजार मेटन डीएपीसहित कुल १५ हजार मेटन रासायनिक मल उत्तरीनाकाबाट ल्याउन लागेको भए पनि ५ हजार मेटन डीएपी भने नाकामा आइपुग्न अझै केही दिन समय लाग्ने भएको छ ।

कम्पनीले यसअघि दिएको जानकारीअनुसार असोज अन्तिम सातासम्म सबै मल विक्रेताको डिलरसम्म पुर्याइसक्ने योजना थियो । तर, मल नाकामै रोकिएपछि विक्रेताकोमा पुग्न अझै समय लाग्ने देखिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले दिएको जानकारीअनुसार समयमै मल नेपाल भित्र्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परराष्ट्र मन्त्रालय र आपूर्ति मन्त्रालयसँग समन्वय गरी तिब्बतको ल्हासास्थित नेपालका लागि महावाणिज्य दूतावासका अधिकारीहरूसँग अनुरोध गरे पनि काम हुन सकेको छैन । यसका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक तहबाट छलफल गर्नुपर्ने उनले बताए ।

तातोपानी भन्सार प्रमुख नारद गौतमले चिनियाँ पक्षले नाकामा रोकिएर रहेका सबै कन्टेनरहरूलाई सहज रूपमा नेपालतर्फ छाड्ने भनेर आश्वासन दिएको भए पनि व्यवहारमा लागू नगर्दा नाकामा रोकिएर रहेका सामान नेपाल ल्याउन समस्या भएको बताए ।

उनका अनुसार १० हजार मेटन युरिया मलसहित नाकामा करीब ११ सयभन्दा बढी कन्टेनर सामान रोकिएर रहेको छ । आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : ०९ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई