२८ मंसिर २०८२, आइतबार | December 14, 2025

दशैँ मान्न घर जाने नेपाली सेनाका परिवारलाई हेलिकोप्टर सम्मको सविधा !



काठमाडौं । नेपाल सेनाले आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनलाई दसैँमा घर जानका लागि हेलिकोप्टरबाट सेवा सम्मको सुबिधा दिने घोषणा गरेको छ ।

सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सडक यातायात रहेको स्थानमा यातायात खर्च र सडक यातायात नभएको स्थानमा हेलिकोप्टर सम्मको सुविधा दिने घोषणा गरेको हो । प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहालीसँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याणकारी सुविधा थप गर्ने घोषणा अनुसार सो सुविधा उपलब्ध गराईन लागेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

असोज १८ देखि असोज २९ (दशैका दिन) सम्म कायम रहनेगरि सैनिक कर्मचारी र सेनाका आश्रित परिवारलाई गाडी र हेलिकप्टरमा पठाउन शुरु गरिएको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले बताए । जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरको माध्यमबाट सेनाका आश्रित परिवारलाई घर पठाएको जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ३२ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको