२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सबै प्रदेशका सभामुखहरु बिच भर्चुवल मिटिङ्ग



बुटवल । कोरोना भाइरस (कोभिड-१९) को महाबिपत्तिको चुनौतीलाई संयुक्त रुपमा सामना गर्ने उद्देश्यसहित प्रदेशका सभामुखहरु बिच संयुक्त भिडियो अन्तरसंवाद बैठक अर्थात भर्चुवल मिटिङ्ग सम्पन्न भएको छ ।

प्रदेश नं. ५ का सभामुख माननिय पूर्ण बहादुर घर्तिले प्रदेश भित्र भएका कोरोना रोकथाममा प्रदेश सरकारले गरेका काम कारबाहिको बारेमा जानकारी गराउनको भएको थियो ।

भिडियो अन्तरसंवाद तथा अन्तरक्रिया कार्यक्रममा सहभागि बिभिन्न प्रदेशका सभामुखहरुले नविनतम प्रबिधिको प्रयोग र बर्तमान अवस्थाका चुनौतीहरुको सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

सम्पुर्ण मानव जगतमाथि आईलागेको महाबिपत्तीका बेला दलिय स्वार्थ र आग्रह पुर्वाग्रह त्यागेर एकताबद्ध भै अघि बढ्नुको बिकल्प नरहेको उल्लेख गर्दै सभामुखहरुले समस्या समाधानमा जुट्नु पर्ने बेला आएको बताउनुभयो ।

प्रदेश पाँचका सभामुख पुर्णबहादुर घर्तीका अनुसार कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले आयोजना गर्नुभएको सो भिडियो संवादको संयोजन युएनडिपीले गरेको थियो ।

सो संवादमा प्रदेश २ का सभामुख सरोजकुमार यादव, बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, गण्डकी प्रदेशका सभामुख नेत्रलाल अधिकारी, प्रदेश पाँचका सभामुख पुर्णबहादुर घर्ति, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा लगायत उपसभामुखहरु र प्रदेश सभाका सचिवहरुको समेत सहभागिता रहेको थियो उक्त सम्वादमा बिश्वब्यापी महामारीका रुपमा फैलिईरहेको कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सभाका सभामुख एवं प्रदेश सभाका सदस्यहरुको भुमिका कस्तो हुने भन्ने बिषयमा भिडियो अन्तरसंवाद भएको हो ।

भिडियो संवादमा युएनडिपीका प्रतिनिधीहरु बिपिन अधिकारी, भुषणराज श्रेष्ठ, राजबहादुर श्रेष्ठ र डिलादत्त पन्तले कोभिड १९ ले निम्त्याएको समस्या र समाधानका उपायहरु बारे सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : १४ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई