२८ मंसिर २०८२, आइतबार | December 14, 2025

भन्सार छली नेपाल भित्राएर भण्डारण गर्ने गोदाममा रुपन्देही प्रहरीको छापा, २५ लाख बढीको सामान बरामद



बुटवल । तस्करीको सामान भण्डारण गर्ने गरिएको रुपन्देहीको एउटा गोदाममा रुपन्देही प्रहरीको छापा परेको छ । भारतबाट सामान तस्करी गरि भित्राउने र गादाममा भण्डारण गरि बिभिन्न स्थानमा बिक्री बितरण गर्ने गरिएको गोदाममा प्रहरीले छापा मार्दा २५ लाख बढी मुल्यको सामान समेत प्रहरीले बरामद गरेको छ । रोहिणी गाउँपालिका(२ खुरहुरियास्थित एउटा खाली घरमा रहेको गोदाममा प्रहरीले छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र त्यसै मातहतको धकधई प्रहरीको संयुक्त टोलीबाट शुक्रबार राति १० बजे उक्त गोदाममा छापा मारेर भन्सार छलीको सामान बरामद गरेको रुपन्देही प्हरी प्रवक्ता प्रहरी नयाव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।

प्रहरीका अनुसार सो गोदामबाट कुर्ती १६४८ पिस, उलन सर्ट ५९४ पिस, सुट ४५३ पिस, प्रिन्टर मसी २२५ पिस, चप्पल ५७ जोर, टिसर्ट ९३ पिस, थान कपडा ८ बण्डल, जुत्ता ३० जोर, सुट ३९ पिस र ट्रयाक ११५ पिस बरामद गरिएको छ।

प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना अनुसार चोरी तस्करी र अपराध नियन्त्रणमा खटिएको प्रहरी टोलीले भन्सार छली गरि पैठारी गरिएको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

प्हरीको छापाको सूचना लिक भएपछि सामान तस्करी गर्ने समुह भने पहिले नै गोदाम छाडेर फरार भएको प्रहरी स्रोतले उल्लेख गरेको छ । बरामद भएको सामान आइतबार भन्सार कार्यालयमा दाखिला गरिने डीएसपी थापाले बताए । प्रहरीले हरेक दिन भन्सार छलेर नेपाल भित्राईने गरेको सामान बरामद गर्ने गरेपनि तस्करीमा संलग्न ब्यक्तिहरु भने नगन्य मात्रामा पक्राउ गर्ने गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : ३७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%