२३ भदौ २०८१, आइतबार | September 8, 2024

भोलिदेखि कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण हुँदै, खोप सफल हुने सम्भावना ८० प्रतिशतभन्दा बढी



काठमाडौ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार (भोलि) बाट मानिसमा परीक्षण हुनेको भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भोलिबाट खोप मानिसमा परीक्षण सुरु हुने बताएका हुन् ।

अक्सफोर्ड विश्वविद्यालयमा बनेको खोप सफल हुने सम्भावना ८० प्रतिशतभन्दा बढी रहेको वैज्ञानिकहरूले आशा गरेका छन् ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले खोप विकासका लागि दुई करोड पाउन्ड पैसा दिने घोषणासमेत गरेका छन् ।

अक्सफोर्डपछि लन्डनको इम्पेरियल कलेज पनि खोप विकासमा लागिपरेको छ । खोप परीक्षणको पूर्णनतिजा नआउँदै खोप उत्पादनसमेत सुरु गरिने उद्देश्यका कारण सेप्टेम्बरसम्ममा लाखौँ डोज खोप बनिसक्ने भएको छ । सामाजिक दूरी र खोप मात्रै कोरोना भाइरसबाट बच्ने अस्त्रका रूपमा रहेका छन् । ‘कोरोना भाइरसलाई जित्ने मुख्य अस्त्र भनेकै खोप हो, हामी आफ्नो सबै बल लगाएर खोप विकासमा जुटेका छौँ, आशा छ यो सफल हुनेछ,’ स्वास्थ्यमन्त्री ह्यानककले भने । ह्यानककले आफूहरूले ठूलो मात्रामा खोप उत्पादनका लागि समेत अनुसन्धान थालेको र यो परीक्षण सफल भएमा सबैभन्दा पहिला र छिटो बेलायती जनताका लागि खोप उपलब्ध गर्नेसमेत भनेका छन् ।

यसअघि चीनको सैन्य मेडिकल विद्यालय र अमेरिकी फर्मास्युटिकल कम्पनीले मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण थालेका छन् ।

विज्ञहरूले खोप विकास र सर्वसाधारणको पहुँचमा पुग्न कम्तीमा १२ देखि १८ महिना लाग्ने बताउँदै आएका छन् । यद्यपि त्यो समयभन्दा छिटो खोप तयार पार्ने दौडमा कैयौँ बायोमेडिकल कम्पनी लागिपरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : २३ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर