२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सङ्कटमा प-यो ठेकी बनाउने व्यवसाय



बागलुङ । कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुन्थे । बाउबाजेले सिकाएको पुख्र्यौली ठेका बनाउने कलामा उनी अब्बल छन् । उनीजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीको व्यवसाय गर्थे तर दुई वर्ष भयो न उनीहरुले नयाँ ठेकी बनाउन पाएका छन् व्यापारका लागि घुम्नडुल्न नै ।

जिल्लाका बलेवामा रहेका चुँदार समुदायले परम्परागत प्रविधिको प्रयोग गरेर काठका ठेकी उत्पादन गर्दै आएका छन् । जङ्गलमा पाइने गिठेदारबाट बनाइने ठेकी गाउँघरमा दूध दही राख्नका लागि प्रयोग हुने गरेका छन् । कोरोनाका कारण उनीहरुको काम र व्यापार ठप्प छ । पछिल्लो समय बजार ओगटेका प्लाष्टिक र स्टिलका सामानले काठको ठेकीको माग घट्दै गएका बेला महामारीले हुने गरेका व्यापारमा समेत अवरोध गरेको पूर्णबहादुर बताउँछन् । “दुई वर्ष भयो घर छोड्न पाइएको छैन, काठ खोज्न जानु न ठेका कुँद्नु”, उनले भने, “अब त खुल्यो भने पनि प्लाष्टिकका भाडाले काठका भाडा नखोज्ने बनाउँछ होला ।”

ठेकाका लागि आवश्यक पर्ने गिठेदार बागलुङमा पाइँदैन । गुल्मी र पाल्पा पुगेर कालीगढले कहिले काठ ल्याउने त कहिले ठेकी नै उतै कुँदेर ल्याउने गरेका थिए । बन्दाबन्दीले उनीहरुको दिन दैनिकीमा असर गरेको छ । जिल्लामा उत्पादन हुने ठेकी गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिक्री हुने गरेका छन् । गिठेदारको ठेकीलाई व्यवसायीले मानाको रु ७०० देखि एक हजारसम्ममा बिक्री गर्ने गरेका छन् । स्थानीय काठबाट ठेकी बनाउन कठिन हुने र उपभोक्ताको माग पनि गिठेदारनै हुने भएका हात पट्याएर बस्नुपरेको टेकहादुर बताउँछन्। चाडपर्वको बेला गाउँ गाउँमा ठेका बोकेर डुल्ने उनीहरु दुई वर्षदेखि घरमै छन् ।

“दशैँ र चैतेदशैंमा बागलुङ कालिका आसपासमा राखेर ठेका बेचिन्थ्यो, काठका भाडा खुब खोज्थे”,उनले भने, “फेसनका जिनिसले कम बिक्न थालेका थिए, त्यहीँमाथी कोरोनाले थला पार्यो ।” मेहेनत धेरै लाग्ने र सीपको आवश्यकता हुने भएकाले युवापुस्ताको आकर्षण यो व्यवसायमा कम छ । काठका भाडामा राखेको दुग्धजन्य पर्दा मीठो र नसड्ने भएकाले पुरानो पुस्ताले खोजी गरे पनि नयाँ पुस्तामा प्लाष्टिकको मोह बढी रहेकाले व्यवसाय नै सङ्कटमा पर्न थालेको चुँदारा समुदाय बताउँछन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ०९ बजे

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने