२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

छिमेकी देश भारत कोरोनाबाट अति प्रभावित देशको १८ औँ स्थानको सूचीमा



एजेन्सी । भारत कोरोनाबाट अति प्रभावित देशको सूचीको १८औँ स्थानमा उक्लिएको छ । ढिलोगरी कोरोना संक्रमण फैलिएको भारतमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

भारतमा अहिलेसम्म १३ हजार ४ सय ३० संक्रमित भएका छन् । जसमध्ये ४ सय ४८ जनाले ज्यान गुमाएका छन् । १ हजार ७ सय ६८ जना भने उपचारपछि घर फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ११ हजार २ सय १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारत सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउनलगायतका विभिन्न उपायको अवलम्वन गरिरहेको छ । पछिल्लो २० दिनमा सयको संख्यामा रहेका संक्रमित बढेर १३ हजार भन्दा धेरै भइसकेका छन् । नेपाल सीमावर्ती सबै राज्य कोरोना संक्रमणले प्रभावित भएका छन् ।

कोरोना अति प्रभावित मुलुकको सूचीमा भारतभन्दा माथि अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान, टर्की, बेल्जियम, ब्राजिल, क्यानडा, नेदरल्याण्ड्स, रसिया, स्वीट्जरल्याण्ड, पोर्चुगल र अष्ट्रिय छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : २२ बजे

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने