११ कार्तिक २०८१, आइतबार | October 27, 2024

बुटवलका विद्यार्थीको चित्रकला चीनमा प्रदर्शन हुँदै – ‘संसारमा नेपाल चिनाउने सोंच’का पाँच चित्र छनौट



बुटवल । चीनको ऐतिहासिक तथा सांस्कृतिक सहर सियानमा हुने एसिया र युरोपस्तरीय युवा चित्रकला प्रदर्शनीमा बुटवलका विद्यार्थीहरुले कोरेका चित्रकलालाई पनि सहभागी गराइने भएको छ ।

बुटवल उपमहानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सियान सहरले आगामी अक्टोबरमा विश्वस्तरको चित्रकला प्रदर्शनी गर्न लागेको हो । सोही प्रदर्शनीमा बुटवलका विद्यार्थीहरुले कोरेका चित्रहरु पनि समावेश गरिनेछन् ।

भगिनी सम्बन्ध स्थापना भएका आधारमा बुटवल उपमहानगरलाई चीनले यो अवसर दिएको हो । यहाँबाट छानिएका पाँचवटा चित्रलाई सियान सिटीमा पठाइसकिएको बुटवलका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

यूरोप र एसियाका विभिन्न मुलुकका ९ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरुले कोरेका चित्रहरुसँगै बुटवलका विद्यार्थीहरुले कोरेका चित्रसमेत प्रदर्शनीमा राख्ने भन्दै निमन्त्रणा आएपछि सोही उमेर समूहका बुटवलका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराई चित्र कोर्न लगाइएको प्रमुख सुवेदीले बताए ।

‘यो संसारलाई हेर्ने मेरो नजर र संसारमा चिनाउने मेरो नेपाल’ भन्ने सोंचका आधारमा विद्यार्थीहरुले आ–आफ्ना विद्यालयमा चित्र कोरेका थिए । त्यसरी कोरिएका चित्रहरुलाई एकमुष्ठ राखेर उपमहानगरले विज्ञहरुबाट मूल्यांकन गराएको थियो ।

बुटवलका विद्यालयहरुबाट आन्तरिक प्रतिस्पर्धा गराई उत्कृष्ट भएका चित्रहरुलाई विज्ञहरुको मूल्यांकनका आधारमा छनौट गरी पाँचवटा चित्रलाई आयोजक सियान सिटीमा पठाइएको विदेश विभाग हेर्ने उपमहानगरका वरिष्ठ अधिकृत दिलबहादुर श्रेष्ठले जानकारी दिए । चित्रकला प्रदर्शनीमा यी विद्यार्थीलाई भौतिक रुपमा सहभागी गराउने नगराउने भन्ने विषयमा भने अझै टुंगो नभएको र आयोजकले पनि यसबारेमा अझै निधो नदिएको श्रेष्ठको भनाइ छ ।

बुटवलस्थित दीप बोर्डिङ स्कुलका कृष राना, कान्ति माविका प्रज्ववल पन्थी, न्यू होराइजन माविका आयशा थापा तथा कालिका मानवज्ञान माविका राजन न्यौपाने र नयाँगाउँ माविका पूर्णबहादुर थापाले कोरेको चित्रकलालाई क्रमशस् उत्कृष्टताका आधारमा छनौट गरिएको उपमहानगरका शिक्षा शाखाका प्रमुख टिकाराम पन्थीले जानकारी दिए ।

बुटवलका विभिन्न विद्यालयबाट कोरेर पठाइएका चित्रहरुलाई विज्ञ शान्ताराम गिरी, कृष्ण मल्ल र टिकाराम पन्थी सम्मिलित समितिले मूल्यांकन गरी उत्कृष्ट पाँचवटालाई मात्र छनौट गरेर उपमहानगरमा सिफारिस गरेको थियो ।

संसारमा नेपाललाई चिनाउने सोंचका साथ आ–आफ्नो देशको विद्यमान सम्पदा, परम्परा तथा संस्कृति झल्कने खालका पाँच चित्र छनौट गरेर तोकिएको मितिमै आयोजकलाई पठाइएको श्रेष्ठले बताए ।

विश्वमा मित्रवत् सम्बन्ध बढाउने प्रदर्शनी :
चिनको सांघाई को–अपरेशन अर्गनाइजेशनको आयोजना आगामी अक्टूबरमा हुने उक्त कार्यक्रम युरोप र एसियाका विशिष्ट अधिकारीहरु सहभागी हुनेछन् । यसलाई आयोजकले एक उच्च प्रकारको खुला स्तरको प्रदर्शनी भनेका छन् ।

विश्वका प्रमुख सहरहरुका बीचमा रहेको मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउने, त्यहाँका रितिरिवाज, संस्कृति र परम्पराका माध्यमबाट संसारमा सद्भाव बढाउने सोंचले कार्यक्रमको आयोजना गरिएको सियान सिटीका अधिकारीहरुले बताएका छन् ।

बुटवलका विद्यार्थीहरुले कोरेको चित्रमार्फत यहाँको मात्र नभइ समग्र नेपालको रितिरिवाज, संस्कार, संस्कृति, धार्मिक सद्भावको अवस्थालाई चित्रमार्फत प्रदर्शन गर्न लागिएको बुटवल उपमहानगरका प्रमुख सुवेदीले जानकारी दिए । बुटवलमा कोरिएका चित्रहरु ‘धार्मिक सद्भाव कायम’ रहेको मुलुकका रुपमा चिनाउने खालको बनाएका छन् । युरोप र एसियाका धार्मिक सद्भाव, सांस्कृतिक सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले यसप्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम गरिएको हो । समझदारी बढाउने, युवाहरुलाई संलग्न गराउने र उनीहरुमार्फत एक आपसमा सभ्यताको जानकारी लिनेरदिने छन् । बुटवल उपमहानगरपालिका र सियान सिटी बीचमा केही वर्ष अघि भगिनी सम्बन्ध स्थापना भएको थियो । यी दुबै सहर सांस्कृति र ऐतिहासिक सहर मानिन्छन् ।

सियान सहर त्यहाँका नेता माओ र हालका राष्ट्रपति सि–चीन पिङको जन्मसहर पनि हो ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  १० : २२ बजे

गैरआवासीय नेपाली दिवसः एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

काठमाडौंं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा

बाँकेमा प्रस्ताव गरिएको धार्मिक पर्यटन मार्ग वर्षौंदेखि अलपत्र

नेपालगन्ज । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल

ललितपुर । शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव