२३ भदौ २०८१, आइतबार | September 8, 2024

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा नेताहरुको कार्य विभाजनबारे छलफल भइरहेको बताइएको छ ।

केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसको तयारीबारे पनि छलफल भइरहेको एक नेताले बताए ।

शनिबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा भदौ १ र २ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पारित सांगठनिक तथा राजनीतिक प्रतिवेदन र प्रस्तावित पार्टी विधानबारे उठेका विषयलाई अन्तिम रूप दिने विषयमा छलफल केन्द्रित बनेका जनाइएको छ ।

केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांगठनिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रीय सदस्यहरूले विभिन्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : ६ भदौ २०७८, आइतबार  १ : १५ बजे

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,