२३ भदौ २०८१, आइतबार | September 8, 2024

लुम्बिनी नव युवा क्लब द्धारा रक्तदान, ४७ प्वाइन्ट संकलन



भैरहवा । भैरहवास्थित सिद्धार्थनगर रक्त संचार केन्द्रमा रगतको अभाव रहेको भन्ने जानकारी प्राप्त भएपछि बिरामीहरुलाई अत्यावश्यक रगतको कमी हुन नदिन लुम्बिनी मा रहेको लुम्बिनी नव युवा क्लबले नेपाल रेडक्रस सोसाइटी लुम्बिनी उप शाखा को सहयोगमा लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र लंकापुर मा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले कोरोना संक्रमण विरुद्ध उच्च सतर्कता अपनाउँदै रक्तदान कार्यक्रम सम्पन्न गरेको हो सबै रक्तदाताहरुलाई सुरक्षाका लागि मास्क अनिवार्य गराइएको रक्तदान कार्यक्रममा ४७ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी उप शाखा प्रमुख अल्ताफ खान ले यस्तो बिषम परिस्थितिमा समेत अत्यन्तै सतर्कताका साथ सामाजिक दूूरी कायम राख्दै नव युवा क्लबले रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजक तथा रक्तदातालाई धन्यवाद तथा आभार प्रकट गर्नुभयो ।

रक्तदान कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य फकरुद्धिन खान, क्लब का पदाधिकारि, समाजसेवी, उधोगी,व्यवसायी लगायत ले रक्तदान गरेको लुम्बिनी नव युवा क्लब का अध्यक्ष अहमद हुसेन ले बताउनुभयो । कोरोना संक्रमणको महामारीबाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको छ । विगत २० दिनदेखि लकडाउन जारी छ र मुुलुुकमा कोरोना संक्रमण पनि देखिएका छन् ।

यस्तो अवस्थामा रगतको अभाव देखिएको ले रगत को अभाव मा कसै ले पनि अकाल मा ज्यान गुमाउन नपरोस भनेर रक्तदान जस्तो अत्यन्तै मानविय कार्य गरेको भन्दै प्रदेश सभा सदस्य फकरुद्धिन खान ले सबै लाइ विपद का बेला मानविय कार्य मा लाग्न आग्रह गर्नुभयो ।

अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न सरकारले गरेको आग्रह अनुसारनै औपचारीक कार्यक्रम नगरी रक्तदान सम्पन्न गरिएको क्लब का अध्यक्ष अहमद हुसेन ले बताउनुभयो । लुम्बिनी लाई आफनो कार्यक्षेत्र बनाएको क्लब ले विभिन्न सामाजिक कार्यहरु गर्दे आइरहेको छ ।

क्लबले कोरोना सक्रमण बाट बच्न लुम्बिनी सास्कृतिक नगर पालिका का विभिन्न स्थान मा ५ हजार माक्स बितरण गर्नु का साथै लकडाउन बाट समस्या मा परेका असाहाय, विपन्न परिवार लाई राहत समेत वितरण गरेको अध्यक्ष हुसेन ले बताउनुभयो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १ : ४४ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर