२३ भदौ २०८१, आइतबार | September 8, 2024

फोहोरले भरिन थाल्यो काठमाडौंका टोल



काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू फोहोरको डङ्गुरले भरिन थालेका छन् । काठमाडौं महानगरपालिकाले समयमा नै फोहोर उठाउन नसक्दा विगत १५ दिनदेखि फोहोर थुप्रन पुगेको हो ।

महानगरपालिकाका अनुसार झरी र हिलोले सडक अस्तव्यस्त भएकाले नुवाकोटको औखरपौवा (सिसडोल) स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर सहरवासीलाई फोहोर बाहिर ननिकाल्न भनेको छ । जसका कारण काठमाडौंवासी टोलटोल र घरघरमा नै फोहोर थुपार्न बाध्य भइरहेका छन् ।

दुई हप्तादेखि तीन हप्तासम्मको फोहोर कोठाभित्रै राख्नुपर्ने समस्या आइपरेपछि कतिपयले रातिराति चोक, सडक र नदी किनारमा फोहोर फाल्न थालेका छन् जसका कारण सरुवा रोगको महामारी फैलिने जोखिमसमेत बढेको छ ।

काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको थियो । काठमाडौंबाट दैनिक औसत ५ सय १७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५ सय ३७ टन फोहोर उठ्ने गर्छ ।

फोहोर उठ्ने क्रम रोकिँदा करिब १५ हजार ८ टन फोहोर सडक किनारा र जनताको घरभित्र थुप्रिएको काठमाडौं महानगरपालिकाको वातावरण विभागले जनाएको छ ।

ललितपुर महानगर क्षेत्रबाट १ सय ३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्याउने गरिएको छ । उपत्यकाका गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको तथ्यांक महानगरसँग छ ।

चन्द्रागिरि, महालक्ष्मी र मध्यपुरथिमी नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको महानगरपालिकाले जनाएको छ ।

शंकरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । उपत्यकाका महानगरपालिका र नगरपालिकाबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगर क्षेत्रको फोहोर पनि सिसडोल ल्यान्डफिल साइटमा आउने गरेको छ । तर, अहिले सबैतिर फोहोर उठाउने काम अवरुद्ध भएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ६ : ४० बजे

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई

मौलिक, कला, संस्कृतिहरूको प्रवर्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको