२३ भदौ २०८१, आइतबार | September 8, 2024

हिउँचितुवाले मार्दैन मानिस



काठमाडौं । सन् १९८० मा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक करन शाह जब उपल्लो डोल्पामा गएर हिउँचितुवाबारे अध्ययन सुरु गर्न थाले, त्यतिबेला उनको शरीर थरथर काँपिरहेको थियो ।

तराईको पाटे बाघ अनि पहाडको चितुवा जस्तै हिउँचितुवा पनि हिंस्रक होला भन्ने उनलाई लागेको थियो । उनीसँगको अध्ययन टोलीमा रहेका अमेरिकी वैज्ञानिक डा. रेड्नी ज्याक्सन पनि डोल्पाको भूगोल अनि कहिल्यै नदेखेको हिउँचितुवाप्रति निकै डराराएका थिए तर अध्ययनका क्रममा जम्काभेट भएको जति पनि हिउँचितुवा थिए, ती कुनै पनि बाघ जस्तै आक्रामक थिएनन् । बरु लजालु, भलादमी स्वभावका थिए । मान्छे देख्दा लुसुक्क भाग्ने, लुक्ने प्रकृतिका थिए ।

बिरालो प्रजातिका पाटे बाघ, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, चरीबाघ, जङ्गली बिरालोलगायतका जनावर हिंस्रक हुन्छन् भन्ने सैद्धान्तिक ज्ञान सिकाएका विश्वविद्यालयका प्राध्यापकले हिउँचितुवाको बासस्थानमा गएर उसको आनीबानी, व्यवहार अवलोकन गर्नु र त्यसलाई लिपिबद्ध गर्नु कक्षाकोठामा पढाएजस्तो सजिलो थिएन ।

त्यति बेलाको अनुभव सम्झँदै प्रा। शाहले भने, “अध्ययन सुरु गर्दै गर्दा हिउँचितुवा जति डरलाग्दो र हिंस्रक होला सोचिएको थियो, त्यो पटक्कै भेटिएन तर ऊ त यति भलादमी र लजालु रहेछ कि हामीले सोचेको भन्दा निकै फरक । हामी देख्दा ऊ लुक्यो, हामी अगाडि बढ्यौँ, ऊ लुसुक्क पर भाग्यो, हामी उसको नजिक पुग्नै थाल्यौँ, ऊ त भीरबाट हामीले नदेख्ने गरी खोल्सीमा झ¥यो । हामीतिर उसले खासै वास्ता गरेन । बाघ, चितुवा भएको भए हामीलाई बाँकी राख्दैनथ्यो होला ।” यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : १० बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर