२८ चैत्र २०८१, बिहिबार | April 11, 2025

अमेरिकाबाट चापागाईं बकबासमा लाइभ आएको घरबेटी पन्तको भनाइ



भर्जिनिया । अमेरिकाबाट फेसबुक लाइभमा आएर कोरोना सँगै आफू निकै समस्यामा परेको बताउँदै रुवाबासी गर्ने नेपाली युवा पवन चापागाईं भिडियोमा उल्लेख भएका सबै कुरा निराधार भएको चापागाईंका घरबेटीले बताएका छन् ।

चापागाईं लाइभमा आएको भोली पल्टै उनका घरबेटी पुष्कर पन्तले फेसबुमा एउटा भिडियो हालेका छन् । जसमा पन्तले उक्त चापागाईं भाइ आफ्नो घरमा विगत २ वर्षदेखि बस्दै आएको बताएका छन् । तर भिडियोमा गरिएको चित्कार जस्तो कुनै भयाभह स्थिति नरहेको किन उनले आफूमाथी अनाहक आरोप लगाए भन्नेबारे अनविज्ञ रहेको बताए ।

घरबेटी पुष्कर पन्तले चापागाईं काम गर्ने स्थानमै गएर सोधपुछ गरी लाइभबारे सोधपुछ समेत गरे । सोधपुछमा चापागाईं आफूलाई काम गर्ने ठाउँमा कोरोना लागेको भन्दै विभेद गरेको बताएको छन् तर उनले आफूलाई कोरोना नभएको जिकिर पनि गरेका छन् । कुनै लक्षण पनि नदेखिएको बताए ।

चापागाईंले लाइभमा भने जस्तो खानै नपाईने समस्या, हारगुहार गर्नु पर्ने अवस्था, बेरोजगार भएर बेखर्चि हुनु पर्ने अवस्था हाल अमेरिकाको हकमा छैन । हाल अमेरिकामा कोरोनासँग जुध्न अमेरिकी सरकारले १२ सय डलर र राज्यसरकार मार्फत बेरोजगार विभागले विगतको आम्दानीका आधारमा ६ सय डलरसम्म उपलब्ध गराउँदै आएको छ ।

भिडियोमा भने जस्तो सबै खाद्यान्न चोरी भएको भने पनि भर्जिनिया राज्य घरका खाद्यान्न जस्ता सामान्य कुरा चोरी हुने राज्य होइन । साथै चापागाईंका घरबेटी पन्तले उनको कोठामा चेक गर्दा सबै सामान सकुशल रहेको बताएका छन् ।

चापागाईंले भिडियोमा भनेजस्तो खाद्यान्न अभाव सडेगलेकामात्र उपलब्ध भन्ने होइन । किनकी यहाँको राज्यसरकारले सबैलाई इमेल तथा अलर्ट म्यासेज गरेको छ र उक्त म्यासेजमा उल्लेख गरेको छ की ‘घरभित्र सुरक्षित बस्नुस् कुनै खाद्य सामाग्री आवश्यक परे ग्रोसरी स्टोरहरु खुल्ला रहेनेछन् । अथवा कुनै समस्या परे निम्न नम्वरमा सम्पर्क गर्नुहोला ।’ यती हुँदा हुँदै यहाँ अभाव भन्ने कुरै छैन ।

विश्वमा सबैभन्दा बढी खाद्यान्न खेर फ्याक्ने देश पनि अमेरिकामै हो जहाँ कुनै पनि खाद्यसामाग्रीको मिति सकिएको केही क्षण पछि पनि प्रयोग गरिन्न जसले गर्दा अत्यधिक मात्रमा खाद्यान्न फाल्तुमै फ्याकिन्छ । यदी अमेरिकाभर फाल्तुमै फ्याकिएको खाद्यान्न बचत गरेर विश्वमा अनिकाल लागेका गरिब मुलुकमा वितरण गर्नेहो भने विश्व खाद्यसंकट सहिलै टर्छ ।

चापागाईंका घरबेटी पन्तले उनले कामगर्ने स्थानमै गएर सोधपुछ गरेका आधारमा उनले क्षणिक मानसिक सन्तुलन गुमाउँदा लाइभमा गएर अनावश्यक बोलेको हुनसक्ने बुझिएकोछ ।

पन्त नेपाली सांगितिक आकाशका कलाकार हुन् । उनी विगत १६ वर्षदेखि अमेरिकामा बस्दै आए पनि नेपाली गीतसंगित र नेपालीमन सबैप्रति निकै प्रेम गर्ने व्यक्ति हुन् ।

घरबेटी पन्तले दिएको स्पष्टिकरणको भिडियो लिंक

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ०९ बजे

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको

चार वटा तार उद्योगको कारोबार रोक्का

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति