२३ भदौ २०८१, आइतबार | September 8, 2024

ओलीको सम्बोधनप्रति बाबुरामको टिप्पणी – तिमी आफ्नै कुकर्मले सत्ताच्यूत भएका हौ !



काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनको कटाक्ष गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलको हैसियतमा संसदमा सम्बोधन गरेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले आज सत्तारुढ दलहरुको चर्को आलोचना गरेका थिए ।

ओलीको सम्बोधन लगत्तै डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको’

भट्टराईले ओली आफ्नै कुकर्मले सत्ताच्यूत भएको टिप्पणी गरेका छन् । उनले ओलीले संसदमा ओलीको कुरा जो चोर उसकै ठूलो स्वर भएको जनाएका छन् ।

भट्टराईले लेखेका छन्, ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो ! पटकपटक संविधानको उल्लंघन, संसदको हत्या,अध्यादेशको राज, भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठुलो स्वर !’

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : ४८ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर