२३ भदौ २०८१, आइतबार | September 8, 2024

‘कोभिशिल्ड’ लगाएका नागरिकलाई ‘एस्ट्राजेनिका’ खोपको दोस्रो डोज आजदेखि



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्राका रुपमा ‘एस्ट्राजेनिका’ खोप आज र भोलि दिन थालिएको हो ।

भूटान र जापानबाट ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डका रुपमा उक्त खोप लगाउन थालेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेकाले लगाउन केही फरक नपर्ने जनाउँदै कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका लगाइएको बताए।

करिब साढे चार महिनापछि कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाएका हुन् । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि मन्त्रालयले ‘कोभिशिल्ड’ सट्टामा त्यस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने निर्णय गरेको थियो । भारतीय कोभिसिल्ड लगाएका १३ लाख बढी जेष्ठ नागरिक लामो समयदेखि दोस्रो डोज खोप लगाउन नपाएर मर्कामा परेका थिए । नेपाल आफैले खरिद गरेको खोप समेत भारतले नदिएपछि खोप अभियान प्रभावित बनेको थियो । तर सहयोगी मुलुकहरुले एस्ट्राजनिका खोप उपलब्ध गराएपछि पुनः खोप अभियान सुरु भएको हो ।

भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार खोप आइसकेपछि ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको हो । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । तर दोस्रोमात्राका लागि खरिद गरिएको खोप भारतबाट नआएपछि ती ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिएनन् ।

खोप अभियान भोलिसम्म सञ्चालन हुनेछ । उपत्यकामा १४९ खोप केन्द्रबाट खोप प्रदान गर्न लागिएको हो ।

यसबाहेक चिनियाँ भेरोसेल र अमेरिकी जानसेन खोप अभियान भने चलिरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : २४ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर