१२ मंसिर २०८१, बुधबार | November 27, 2024

चोरी सिकार रोक्न पाइलटमाथि निगरानी



काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ ।

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो ।

विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हरेक पटक हेलिकप्टर चालकले प्रवेश अनुमति पत्र लिएर मात्र उडान भर्ने व्यवस्था लागूू गरेको छ । उद्धारका लागि हेलिकप्टर उडान गर्दा गृह मन्त्रालय तथा स्थानीय प्रशासनबाट अनुमति लिई रहनु नपर्ने र उडान गर्न सहज हुने भएकाले उद्धारका नाउँमा यस्ता खालका गतिविधि सञ्चालन हुने गरेका देखिएका छन् ।

कतिपय अवस्थामा स्थानीय प्रशासनबाट उडान अनुमति लिएर उडान भरेका हेलिकप्टरका गतिविधि पनि शङ्कास्पद देखिन थालेकाले नियमित अनुगमन तथा निगरानी गर्नुपर्ने भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने-“हेलिकप्टर आकाशमा उडान गर्ने साधन भएकाले त्यो साधनमा को मान्छे चढेका छन् रु के सामान बोकेका छन् रु भन्नेलगायतका विषयमा जाँच गर्न मुस्किल देखिएकाले हेलिकप्टरमा हुने गतिविधिमा निगरानी राख्न आवश्यक भएको हो ।”

हाल सो निकुञ्जले उडान भर्दा नेपाली चालकले एक हजार, सार्क मुलुकको चालकले एक हजार पाँच सय रुपियाँ र अन्य मुलुकका चालकले निकुञ्जभित्र एक पटक उडान भर्दा वा बस्दा शुल्क तिर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ । निकुञ्जभित्र कति हेलिकप्टर उडे, कुन क्षेत्रमा उडे र ती हेलिकप्टरले के गतिविधि सञ्चालन गरे भन्नेबारे जानकारी राख्नका लागि यस्तो व्यवस्था गरिएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तुरी मृगको चोरी सिकार तथा तस्करी बढी हुने गरेको छ । गत दुई वर्षयता यहाँ पासोमा पारेर दुई दर्जनभन्दा बढी कस्तुरीको बिना सिकारीले लगेको थियो ।

दुईवटा घटनामा यति ठूलो सङ्ख्यामा कस्तुरीलाई चोरी सिकारीले मारेको सम्भवतः पहिलो घटना मानिएको छ । यस निकुञ्जमा कस्तुरी मृग, डाँफे, झारल, घोरललगायतका वन्यजन्तु बढी चोरी सिकारी हुने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ६ : ५४ बजे

डिशहोमले पायो नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले

सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

काठमाडौं । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

पर्वत । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती

गुल्मीमा धान उत्पादन बढ्यो, धानखेती गरिएको क्षेत्रफल घट्यो

गुल्मी । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ