२३ भदौ २०८१, आइतबार | September 8, 2024

काठमाडौंमा १ किलो ८ सय ६६ ग्राम सुन बरामद, तीन जना पक्राउ



काठमाडौं । १ किलो ८ सय ६६ ग्राम सुनसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाद्वारा खटिएको प्रहरी टोलीले उनीहरुलाई सिनामंगलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही स्थानका २८ वर्षीय अब्दुल सतार र सोही स्थानका २४ वर्षीय मोहम्मद उमेर रहेका छन् ।

महाशाखाका अनुसार वैदेशिक रोजगारीबाट आउने व्‍यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याइएको प्रारम्भिक अनुसनधानमा खुलेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : २८ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर