२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सिद्धार्थनगरको कोरोना कोषमा नमुनाको २६ हजार



भैरहवा । कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार गर्नको लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा नमुना एकीकृत विकास परिषद् रुपन्देही (नमुना)ले सहयोग गरेको छ ।

उक्त कोषको खातामा २६ हजार ५ सय जम्मा गरेको नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौड्यालले बताउनुभयो ।

विश्व नै कोरोनाविरुद्ध लडिरहेको बेला नेपालीहरु पनि एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको पौड्यालले बताउनुभयो ।

कोरोना नियन्त्रण तथा उपचार कोषमा सक्दो योगदान गरी महामारी विरुद्धको लडाईमा एकजुट भई अघि बढनु नै अहिलेको आवश्यकता हो, उहाले भन्नुभयो ।
यस अघि तिलोत्तमा नगरपालिका, ओमसतिया, शुद्धोधन, सियारी र सम्मरीमाई गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा नमुनाले १ लाख ५३ का दरले ७ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

कोषको रकम विपद्को घडीमा प्रयोग गर्न समेत नमुनाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : ५५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%