२८ मंसिर २०८२, आइतबार | December 14, 2025

मायादेवी फाउण्डेशन र बासद्वारा आँखा अस्पताललाई पीपीई



भैरहवा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यति बेला विशेष गरी स्वास्थ्यकर्मीहरु जोखिममा छन् ।

त्यही जोखिमलाई मायादेवी च्यारिटेबल फाउण्डेशन र बागेश्वरी असल शासन (बास)रुपन्देहीले संयुक्त रुपमा मध्यनजर गर्दै भैरहवास्थित रण अम्बिका शाह आँखा अस्पतालाई ७ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलब्ध गराएको छ ।

स्वास्थ्य सुरक्षा कवचको अभावमा जोखिममा नै आँखा सम्बन्धि रोगका बिरामीको उपचार गरिरहेका चिकित्सकलाई मध्यनजर गर्दै आँखा अस्पतालमा पीपीई प्रदान गरिएको मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताउनुभयो । उहाले आँखा रोगका विरामीहरुलाई उपचार गर्दा दुरी राख्न नसकिने भएकोले चिकित्सकहरुलाई पीपीई नितान्त आवश्यक रहेको बताउनुभयो ।

अस्पताललाई पीपीईसहित ४ सय थान सर्जिकल मास्क र ५० थान स्यानिटाइजर उपलब्ध गराइएको बास रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्रीले बताउनुभयो ।

पीपीई, मास्क तथा स्यानिटाइजर ग्रहण गर्दै रण अम्बिका शाह आँखा अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणाले सामाग्रीको अभावमा जोखिममा काम गरेका आँखा अस्पतालका चिकित्सकहरुलाई अब पीपीई काम गर्न थप हौसला प्रदान हुने बताउनुभयो ।

उहाले आँखा अस्पतालमा आएका आकस्मिक विरामीहरुको परीक्षण भइरहेको र अस्पताल क्षेत्र अझ जोखिममा रहेकोले पीपीईको नितान्त आवश्यकता रहेको बताउनुभयो ।

“पीपीईले संजीवनी बुटी तथा सुरक्षा कवचको रुपमा काम गर्नेछ, अब आँखाका विरामीहरुलाई उपचारमा सहयोग मिल्नेछ, उहाले भन्नुभयो ।” यस अघि लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले अस्पताललाई दुई थान पीपीई हस्तान्तरण गरेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : ५२ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%