२३ भदौ २०८१, आइतबार | September 8, 2024

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता



बागलुङ । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका-४ का २ बालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका-४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।

उनीहरू बिहीवार दिउँसो करीब १ बजेको समयमा पौडी खेल्न कालीण्डकी किनारा निरयघाट गएको प्रनाउ हवारीले बताए । ४ जना बालक पौडी खेल्न गएकामा अन्य २ जना प्रश्न विक र विशन पुन भने सम्पर्कमा आएका थिए ।

बेपत्ता २ बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । खोजीकार्यमा विपद् व्यवस्थापन गुल्म बागलुङ परिचालन गरिएको छ । रासस

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : २० बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर